स्वीसवासी नेपालीहरु तथा स्वीस नागरिकहरुका वीचमा पनि नेपाली क्रान्तिकारी कलाकारहरु

नेपाली ऐकयवद्धता मन्च -नेसोफ) स्वीट्जरल्याण्डको आयोजनामा स्वीस नागरिकहरुको प्रगतिशील संगठनको सहयोगमा स्वीट्जरल्याण्डको औघोगिक शहर ज्युरिकमा भव्य क्रान्तिकारी सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो।DSC_0133DSC_0130

सैयौं नेपाली तथा स्वीस नागरिकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाई र कार्यक्रम आयोजक समितिका संयोजक श्याम घलेल कार्यक्रममा उपस्थित एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ,मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा सभासद सन्तोष वुढा मगर , एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ,मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिवालय सदस्य तथा सभासद् ओन्सरी र्घर्तिमगर र एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार,सामना सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष तथा वरिष्ठ जनकलाकार तथा सभासद खुशीराम पाख्रिन ,स्वीट्जरल्याण्डका लागि नेपाली राजदुत डा.दिनेश भट्र्राई तथा मगरात सांस्कृतिक परिवारका कलाकारहरुलाई खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभयो ।DSC_0139

प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै नेता तथा सभासद वुढामगरले भन्नुभयो हामी नयां नेपालको निर्माणको अभियानमा जुटेका छौं। यो अभियानमा नेपालमा रहेका तथा नेपाल वाहिर रहेेका सवै नेपालीहरुको उत्तिकै सहभागिताको जरुरी छ। तपाइहरु प्रवासमा रहेका नेपालीहरु प्ानि यो अभियानमा जुट्नुहोस ।

नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाईंको सभापतित्व र महासचिव कमल केसीले सन्चालन गर्नुभएको उद्धघाटन सत्रको लगत्तै मगर सांस्कृतिक परिवारको प्रस्तुति शुरुभएको थियो। म्ागर सांस्किृतिक परिवारका इञ्चार्ज टेकम वाठामगरले सञ्चालन गर्नुभएको सांस्कृतिक कार्यक्रमको नयां नेपाल र्स्वर्ग वनाउं भन्ने पहिलो सांगितिक प्रस्तुतिलाई हलमा उपस्थित जनसमुदायले तालीको गडगडाहटले स्वागत गरेका थिए ।DSC_00142

महामहिम राजदुत डा.दिनेश भट्राइले विशेष अतिथिको रुपमा छोटो शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा जव मुक्त हुन्छ देश भन्ने जनमुक्ति शेनाको नाचले हलका दर्शकहरु सवैलाइ जुरुक्कै उचालेको थियो ।

व्ारिष्ठ जनकलाकार खुशिराम पाख्रिनले विशेष अतिथिको तर्फाट सांगितिक कोशेली आमाको छाति वैरिले लुछ्दा के हेर्र्छौ वसेर भन्ने गित प्रस्तुत गर्नु भएको थियो ।

म्ागर सांस्कृतिक परिवारका त्रिपना पुन मगर,सरला पुन मगर र धन वहादुर रोका मगरको प्रस्तुति परदेश छोडेर नेपाल फर्केका आफ्ना आफन्त संग भलाकुसरीको भाव भएको मारुनी नृत्य आकासैको कालो वादल पानी परयो मादलुको तालैमा आउ नाचौं छम्म छम्म भन्ने र ग्यामी मारुनी नृत्य प्रस्तुत गर्नु भयो ।

म्ागर सांस्कृतिक परिवारका प्रशिक्षक धन वहादुमगरको प्रस्तुती हाम्रो मुक्तिको संग्राम रोकिएको छैन शहिदले टेकेको पाइलो मेटिएको छैन आन्दोलन जारी छ भन्ने भावको गितले सवै दर्शकलाई उत्तेजित वनाएको थियो ।

सांस्कृतिक परिवारका आकर्ष प्रस्तुतिहरु प्ांछिमा डांफे राम्रो फुलमा लाली गुरांस हामीलाई लाग्छ राम्रो नेपाली धर्ति आकाश भन्ने राष्ट्रिय गितमा धन व ग्यामी मगर ,सरला पुन मगर, त्रिपना पुन मगर र तिर्थ राज रोका मगरले नृत्य प्रस्तुत गर्नुभएको थियो। निषा मगरको मलाइ युद्ध लड्न देउ भन्ने गितमा प्रस्तुत नृत्य संगसंगै कति राम्रो तर्राई पहाड कति राम्रो हिमाल , हे कान्छी फलाउं फलाउ फुलाउ हाम्रै नेपाल भन्ने लोक नृत्य संग संगै सवै दर्शकहरु छम छम नाचेका थिए ।

उक्त कार्यक्रममा स्वीस नागरिकहरुको प्रगतिशील संस्थाकी नेतृ ग्रासीयाले नेपाली क्रान्ति प्रति ऐकवद्धता जाहेर गर्दै मन्तव्य व्यक्त गरेकी थिइन भन्ने अर्का युवा नेता रुदोलेसांस्कृतिक कार्यक्रम मार्फ इटली सरकारले मजदुरहरु माथि गरेको दमनको भर््रर्त्सना गर्दै मजदुरहरुको आन्दोलन प्रति ऐकवद्धता जाहेर गरेका थिए ।MORE PHOTOS:-COMMING SOON

 

 

 

 

 

 

 

 

 

 

 

 
 
 
 
 
 

 MORE PHOTOS HERE:-

http://www.youtube.com/watch?v=EcpRDZTlmuk

http://www.youtube.com/watch?v=EcpRDZTlmuk

 

 

One Response to “स्वीसवासी नेपालीहरु तथा स्वीस नागरिकहरुका वीचमा पनि नेपाली क्रान्तिकारी कलाकारहरु”

  1. नेपाली Says:

    लाल अभिवादन,

Leave a comment