स्विटजरल्याण्डको ओल्टनमा नया बर्षको शुभकामना एवं धमाका साँझ भब्य रुपमा सम्पन्न

 विदेश मा रहेका नेपाली फुटेर होईन जुटेर अघि बढौ,आफ्नो कला सस्कृति को जगेर्ना गरौ भन्ने मूल नाराका साथ अराउ समाज स्विटजरल्याण्ड र नेपाल अन्तरास्ट्रिय सांस्कृति समूह स्विटजरल्याण्ड(स्विस निको) को सयुक्त आयोजनामा यही सनिवार १४ अप्रिल २०१२ का दिन स्विसको ओल्टन सहर मा नया बर्षको शुभकामना एवं धमाका साँझ भब्य रुपमा सम्पन्न भएको छ|                 सयुक्त रास्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि महामहिम शंकर दास बैरागी ज्युको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा स्विटजरल्याण्ड भरिका नेपाली एवं नेपाल र नेपालीलाई माया गर्ने विदेशीको उलेख्य उपस्थिति थियो| तिन चरणमा सम्पन्न भएको कार्यक्रम को पहिलो चरणमा अपेरो सगै औपचारिक कार्यक्रम शुरु भएको थियो| उक्त अवसरमा विभिन्न संघ संस्था का प्रतिनिधि सहित कार्यक्रमका प्रमुख अथितिले शुभकामना मन्तब्य दिनु भएको को थियो| शुभकामना कै क्रम मा प्रमुख अथिति एवं संयुक्त राष्ट्र संघ लगायत स्विटजरल्याण्ड स्थित विभिन्न संघ संस्था का लागि राजदुत एवं स्थायी प्रतिनिधि महामहिम शंकर दास बैरागीले स्विटजरल्याण्ड र नेपाल बीच को सम्वन्ध एक दमै गहिरो रहेको साथै स्विटजरल्याण्डले नेपाल प्रति गरेको सहयोगको सह्र्राना गर्नु का साथै भविष्यमा पनि यो सम्बन्ध अझ गाढा बन्दै जाने बताउनु भयो शुभकामना कै क्रममा महामहिमले आफ्नो स्विटजरल्याण्ड आगमन सगै आफ्ना बर्षौ पुराना अध्ययनको क्रमका साथीसगै आफना गुरुहरु पनि भेटिनु भएकोले आफुलाई आफ्नो घर ठाउमा आएको जस्त्तो अनुभव भएको बताउनु हुदै उपस्थित स्विटजरल्याण्ड नागरिकलाई नया बर्षको शुभकामना ब्यक्त गर्दै नेपालीहरु मनको धनि भएको र सधै सहकार्य गर्न तत्पर रहने बताउनु भयो र स्विटजरल्याण्ड भित्र हुने नेपाली समाजका गतिविधिहरुमा आफ्नो तर्फबाट सधै सहकार्य र सहयोग रहने पनि बताउनु भयो|उहाले हाल को नेपाल को शान्ति प्रक्रिया र जटिल राजनीतिक परिस्थिति को छोटकरी मा जानकारी गराउदै देश मा चाडै शान्ति आउने र संबिधान लेखिने आशा कायम रहेको बताउनु भयो| उक्त अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधिले पनि शुभकामना ब्यक्त गर्नु भएको थियो शुभकामना दिनेहरुमा नेपालि एक्यबद्दता मंच स्विटजरल्याण्ड (NESOF SWISS)का प्रतिनिधि श्याम घले, स्विसनेपाल समाजकी शुभा आल्मेर लामा ,गैरआवासीय नेपाली संघ स्वीस स्विटजरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडभरी ,गैरआवासीय नेपाली संघ स्विटजरल्याण्डका उपाध्यक्ष धर्म गुरुङ ,नेपाली जन सम्पर्क समिति स्विटजरल्याण्डका महामन्त्री सुबर्ण भट्टराई,गोल्बल नेटवर्क नेपाल जेनेभा स्विटजरल्याण्डका अध्यक्ष सोनाम लामा हुनु हुन्थ्यो|

औपचारिक कार्यक्रमको अन्त सगै नेपाली प्रष्ट बोल्ने स्विस नागरिक जो नेपाली समाजमा झिल्के दाईको नामले चर्चित छन् उहाले दर्शक लाई नेपाली गित प्रस्तुत गर्नु भएको थियो त्यसको लगत्तै स्थानीय नेपाली युवाहरुको ब्याण्डले आफ्नो पहिलो प्रस्तुति को रुपमा नमस्त्ते नमस्त्ते बोलको गित प्रस्तुत गरेको थियो विस्तारै नेपाली विदेशी पाहुनाले भरिएको हल संगीत सगै गुन्जायमान भईरहेको थियो नेपाली युवाहरुको ब्याण्डले नया पुराना नेपाली गित सगै अग्रेजी गितहरु प्रस्तुत गर्दै उपस्थित दर्शकलाई छमछमी नचाउदै आफ्नो तालमा गित गाउन बाध्य पारेको थियो नेपाली युवाहरुको प्रयास मा स्थापित उक्त ब्याण्डको सदस्यहरुमा विजय शाही ,युवराज राई ,निरञ्जन श्रेष्ठ ,शुक्र श्रेष्ठ ,दिपक शर्मा खतिवडा ,कृष्ण लामा ,दिलिप केसी हुनुहुन्थ्यो उक्त अवसरमा अथिति कलाकारको रुपमा जर्मनी देखि आउनु भएको स्थानीय गायिका मनिला लामाले आफ्नो एकल गित सगै युवराज राई संग मिलेर गित गाउनु भएको थियो, गित गाउदै गर्दा दर्शक दिर्घा बाट वान्स मोर वान्स मोर को आवाजले हल नै गुन्जायमान भईरहेको थियो| लाईभ कन्सर्टको बिच बिचमा गोल्बल नेटवर्क नेपाल जेनेभा स्विटजरल्याण्डको तर्फ बाट स्विटजरल्याण्डका स्थानीय चर्चित कलाकार निता कपुर ,दिपक शर्मा खतिवडा ,दिपेन्द्र रावत ,सवान केसी ले आफ्नो नृत्य प्रस्तुत गर्नु भएको थियो भने लुजेन समाज को तर्फ बाट धर्म गुरुङ ,दिनेश कार्की र राम परियारले मादल,बासुरी आदि को साथ मा नेपाली धुन प्रस्तुत गर्नु भएको थियो|

स्विटजरल्याण्डका नेपाली अनि विदेशीहरुका बिचमा चर्चित कुक दल बहादुर पुनको नेतृत्वमा प्रकाश क्षेत्रि र राजेन्द्र भण्डारीको सहयोगमा बनेको खानाको मिठो स्वाद संग सगै स्विटजरल्याण्डमै पहिलो पटक बालबालिका र उपस्थित महिलाहरुको लागि वेलुन फोर्ने खेल र म्युजिकल चेयर आयोजना गरिएको थियो वेलुन फोर्ने खेलमा क्षितिका भारती प्रथम ,स्विकृत लम्साल द्दितीय र देवान्सी अर्याल तृतीय भई पुरुस्कार जित्न सफल भएका थिए भने महिला तर्फको म्युजिकल चेयरमा निता कपुर प्रथम र प्रतिभा लम्साल द्दितीय हुनुभएको थियो उक्तकार्यक्रमको संयोजन धर्म गुरुंगले गर्नु भएको थियो,उक्त अवसरमा उपस्थित सबैले सधै एकै खालका कार्यक्रम हुने नेपाली कार्यक्रममा यस्तो नंया खालको कार्यक्रम गरेको मा खुशी व्यक्त गर्दै आयोजकलाई भविष्यमा पनि निरन्तरता दिन पनि आग्रह गरेका थिए त्यसको लगत्तै दिपक खतिवडाको डिजेमा डिस्को शुरु भएको थियो सम्पूर्ण सहभागी कम्मर मर्काई मर्काई नाच्दै डिजेलाई साथ् दिएका थिए डिस्को रात अबेर सम्म चलेको थियो|उपस्थित पाहुना ले कार्यक्रम ब्यवस्थित गर्दै मिठो खानाका साथ भरपुर मनोरंजन दिन सफल भएकोमा आयोजकहरुलाई धन्यवाद दिनु भएको थियो भने नेपाली युवा को ब्याण्ड का विजय शाहीले हामी साथीहरुको सामुहिक प्रयासमा लाईभ कन्सर्ट गर्न सफल भएको र उपस्थित सबैले मन पराइदिनु भएकोमा खुशी ब्यक्त गर्दै यसले आफुहरु लाइ उत्साह मिलेको र भविष्यमा अझै राम्रो गर्दै जाने बताउनु भयो|

कार्यक्रम व्यवस्थित गर्नका लागि प्रवेश र स्वागतमा शुक्र श्रेष्ठ ,देवन्द्र अर्याल ,सिमा गौतम ,मंच व्यवस्थापनमा निराजन श्रेष्ठ ,गुणराज शर्मा र शुक्र श्रेष्ठ,बारमा दुर्गा पोखरेल,हल व्यवस्थापनमा प्रेम कृष्ण भारती र ईश्वर बर्तौला अनि भान्सामा दिर्ग श्रीस मगर र सर्वज्ञ लम्साल ले जिम्मा लिनु भएको थियो| भान्सामा सहयोग गर्नु हुने दल बहादुर पुन , राजेन्द्र भण्डारी र प्रकाश क्षेत्रि बारमा सहायोग गर्नु हुने हुने रमेश दाहाललाई आयोजकको तर्फ बाट बिशेष धन्यवाद दिदै कार्यक्रममा उपस्थित भई सफल बनाई दिनु भएको मा सम्पूर्ण आगन्तुकहरु प्रति आभार ब्यक्त गरिएको थियो|

गुणराज शर्माले संचालन गर्नु भयको उक्त कार्यक्रम मा लाईभ कन्सर्टको संचालन नेपाली ब्याण्डका गायक युवराज राईले गर्नु भएको थियो अन्तमा आयोजकका सर्वज्ञ लम्साल ले आफुले सोचेको भन्दा बढी सफल भएको मा खुशी व्यक्त गर्नु भयो भने प्रवेश र स्वागत को जिम्मा लिनु भएका शुक्र श्रेष्ठले कार्यक्रम मा १२० देखि १३० जना हाराहारीमा सहभागी रहेको बताउनु भयो|

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: