अबत हामीपो बुद्ध बन्नुपर्छ।।।

नपुङ्सक होइनन हाम्रा आमाहरु,
मायादेबिहरु हुन चिन्नु पर्छ।-2
नामर्द होइनन हाम्रा बाबुहरु,
सुध्धोधनहरु हुन जान्नुपर्छ।
गौतमको चिहान किन ब्युझाउने ब्यर्थै,
अबत हामीपो बुद्ध बन्नुपर्छ।।। -2
**********************
यो कलियुग हो माहासय मध्यकली,
यहाँ मागेर पाइदैन केही।-2
बुद्धत एउटा उपाधी हो केबल,¨
जो योग्य हुन्छ उसैले लिन्छ,
त्यसैले आफ्नो बिबेकले स्वयम हामीलेनै,
भबिस्यको रेखा कोर्नुपर्छ,
सिधार्थ गौतम बाट गौतम बुद्ध को उपाधी खोस्नुपर्छ,
गौतम को चिहान किन ब्युझाउने ब्यर्थै,
अबत हामी पो बुद्ध बन्नुपर्छ।।।
************************
यो एक्काइसौ सताब्दिको परीप्रेक्षमा,
मुर्दा फर्कन्न भन्ने जान्दाजान्दै -2
एउटा पथ्थरको मुर्ती सँग,
हे इस्वर फेरी अर्को बुद्ध पठाउ भन्दै पुकार्नु को के अर्थ,
त्यसैले आफ्नो चिन्तनले स्वयम हामीलेनै,
भबिस्यको बाटो रोज्नुपर्छ,
बियोगले आक्रान्त मस्तिस्कहरुमा,
शान्तिको सन्देश छर्नुपर्छ,
गौतम को चिहान किन ब्युझाउने ब्यर्थै,
अबत हामीपो बुद्ध बन्नुपर्छ।।।-2
(रमेस नामका दृष्‍टिबिहिन विद्यार्थीले बाचन गरेको कबिता)

4 Responses to “अबत हामीपो बुद्ध बन्नुपर्छ।।।”

  1. एकल यात्री Says:

    पूर्वको मधूरो
    घाम नयाँ होस् ।
    बदलियोस् नारा
    काम नयाँ होस् ।
    फेरियोस् युग
    नयाँ होस् जमाना ।
    नव वर्ष २०६६ को हार्दिक शुभकामना

  2. वसन्त बलामी Says:

    कल्पनाको स्वर्गमा होइन , आफ्नै पौरखमा विश्वास गर्नुपर्छ भन्ने सन्देश दिएको यो कविता उत्कृष्ट लाग्यो

  3. MR. Rabindra Says:

    mula vai ta kabita lekhne, tyo pani buddha bannu parchha vanera.

  4. nepali Says:

    हातमा खुकुरी र बन्दूक बोकेर कसरी बुद्ध हुन सकिन्छ साथी ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: