नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्डको दोश्रो सम्मेलन सम्पन्न

 

          नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्डको यही सेप्टेम्बर २१ गते स्विजरल्याण्डको राजधानी वर्नमा भएको दोश्रो केन्द्रिय सम्मेलनले संगठनको नाममा केही परिवर्तन गर्दै अशोक चौलागाईको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमितिको चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः पुष्प सुवेदी, कमल केसी, श्याम घले र विजय खनाल रहनुभएको छ। त्यसैगरी समितिका सदस्यहरुमा आस्था अधिकारी, सुषमा भुसाल, दिपक श्रेष्ठ, शुक्र श्रेष्ठ, दर्शन आचार्य, धनपति सापकोटा, ज्योति भुसाल, डिल्ली सापकोटा, जितेन्द्र रायमाझी, सिङ्ध ब. गुरुङ्ध, मुस्कान शर्मा, फणिन्द्र पन्त, गणेस भट्राई र आषिस देवकोटा रहनुभएको छ।  



उक्त सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमूख अतिथि नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख क. चन्द्रप्रसाद गजुरेल य्.गौरव)ले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो भने सम्मेलनको अध्यक्षता आयोजक समितिका संयोजक अशोक चौलागाई एवं संचालन आयोजक समतिकिा सदस्य कमल केसीले गर्नुभएको थियो। सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको उक्त कार्यक्रममा उपस्थित सबैलाई पुष्प सुवेदीले स्वागत गर्नुभएको थियो।



सम्मेलनमा उद्घाटन मन्तव्य राख्दैं क. गौरवले नेपाली जनताले चलाएको जनयुद्ध र जनआन्दोलनको फ्युजनबाट नेपाली जनताले २४० वर्षे सामान्ती राजतन्त्रलाई हटाई गणतन्त्रलाई संस्थागत गर्न सफल भएता पनि नेपाली जनताको राजनैतिक क्रान्ति पूरा नभएको बताउनुभयो। उहांले नेपालीहरु सबैखाले उत्पीडनबाट मुक्त हुनको लागि राजनैतिक क्रान्तिलाई पूर्णता नदिएसम्म आर्थिक क्रान्ति संभव नहुने बताउदै राजनैतिक क्रान्ति पूरा भयो भन्ने भनाइलाई खारेज गर्दै अव राजनैतिक क्रान्ति र आर्थिक क्रान्ति संगसगै जाने बताउनुभयो। 



प्रमुख अतिथि कमरेडले यस संगठनले नेपालमा अत्यन्त कठिन परिस्थितिमा पनि जनयुद्ध र जनआन्दोलनको पक्षमा गरेका कार्यक्रमहरुले नेपालको आन्दोलनलाई सहयोग पुर्याएको र नेपाली जनताले यसलाई उच्च मुल्यान गरेको बताउनुभयो। उहांले मुलुकको राजनैतिक स्थिति गम्भिर चुनौतिबाट गुजि्ररहेको चर्चा गर्दै अव नेपाली जनताले गर्ने राजनैतिक एवं आर्थिक क्रान्तिलाई सहयोग गर्नको लागि स्विजरल्याण्ड लगायत प्रवासमा रहेका प्रवासी नेपालीहरुले अझै जिम्मेवारीपूर्ण ढंगले सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो साथै उक्त समारोहमा यस संगठनको आधिकारिक वेभय्.साईटको प्रमुख अतिथि कमरेड गौरवले www.insofswiss.info टाईप गरि उद्घाटन गर्नुभयो उक्त वेभय्.साईटको डिजाईनर नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्डका आयोजक समतिकिा सदस्य ज्योति भुसालले    गर्नु भएको थियो। 



समारोहका अर्का अतिथि एमकेपी, टर्कीका नेताले नेकपा(माओवादी) लगायत हाम्रो पार्टी माओवादी पार्टीहरु भएकोले हामी नयां जनवादी क्रान्ति सम्पन्न गर्दै संसारभरि नै समाजवाद हुदै साम्यवादी राज्यसत्ता स्थापना गर्नको लागि संघर्षरत रहनुपर्ने बताउनुभयो। नेकपा माओवादी र हाम्रो सम्बन्ध लामो समयदेखि रहेको चर्चा गर्दै यो सम्बन्ध सर्वहारा अन्तराष्टियतावादका कारण भएको बताउनुभयो।  उक्त कार्यक्रमका अतिथि संयुक्त नेपाली मोर्चा, युरोपको महासचिव बिनोद तिवारीले मोर्चाले  विगतमा खेलेको भूमिकाको चर्चा गर्दै आउंदा दिनमा प्रवासी नेपालीहरु राष्टि्रयता एवं राजनैतिक क्रान्तिको पूर्णताको लागि आन्दोलित हुनुपर्ने बताउदैं सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो।



अन्य अतिथिहरु नेपाल दुतावासका प्रथम कन्सुलर, भरतराज पौडेल, नेपाली जनसम्पर्क समितिका प्रतिनिधी विजय सुब्बा, एनआरएन स्वीसका अध्यक्ष संजय मुडभरि, लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, स्वीसका ठाकूर सुवेदी, जनजाति सरोकार मंच, स्वीसका श्याम घले, रिभुल्सनरी बिल्ड अप अफ कम्यूनिष्ट स्विसका प्रतिनिधि म्याडेलिन होस्टेटेलर, हालै नेपाल भ्रमण गरेको आफवाउ स्विसका पत्रकार लुकास आर्नोल्ड, सामाजिक कार्यकर्ता वर्नर एस्लर ले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।


सम्मेलन सफलताको शुभकामना नेपाली सामाजिक सरोकार मंच वर्न, लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियमका महासचिव कृष्ण तिवारी, लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जर्मनीका अध्यक्ष गंगालाल श्रेष्ठ, नेपाली जनप्रगतिशिल मंच बेल्जियमका अध्यक्ष विष्णु भुजेल, अन्तराष्टियतावादी नेपाली ऐक्यवद्धता मंच, जर्मनी, अध्यक्ष प्रभाकर शर्मा, लगायत युरोपमा क्रियासिल विभिन्न संगठनहरुबाट सम्मेलन सफलताको शुभकामना प्राप्त भएको थियो।



सम्मेलनले राजनैतिक तथा सांगठनिक, विधान र आर्थिक प्रतिवेदनहरुलाई पारित गर्दै सम्मेलनले संगठनको नामलाई परिवर्तन गरि नेपाली ऐक्यवद्धता मंच, स्वीजरल्याण्ड बनाएको छ। सम्मेलनको बन्दसत्रमा प्रमुख अतिथि क. गौरव तथा अतिथि विनोद तिवारीले प्रशिक्षण दिनुभएको थियो। सम्मेलन पश्चात नवनिर्वाचित अध्यक्ष चौलागाईले नेपाली जनताको परिवर्तनको पक्षमा र यहांका स्थानिय समस्याहरुलाई सशक्त ढंगमा उठाउन अझै क्रियासिल रहने प्रतिबद्धता जनाउनु भयो। उहांले आगामी दिनमा सबै स्वीजरल्याण्डवासी नेपालीहरुबाट अझै बढी सहयोगको अपेक्षा गर्दै सम्मेलनलाई सफलता दिलाउन सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गर्नुभयो।

photos by swissnepalblog

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: