खुसीको धेरै खल्लो दिन

 खगेन्द्र संग्रौला

 

     लगभग चार हजार वर्षदेखि यस दमित भूखण्डमा छाँट-छाँटका र काँट-काँटका राजाहरूको जगजगी थियो । ती वंश, जन्म, लिंग र धर्मको नाताले स्वतः राज्यप्रमुख हुन्थे । योग्यता र क्षमता, लगन र नैतिक निष्ठाको कुनै अर्थ थिएन । अस्ति त्यो कुप्रथा विधिवत् तोडियो । जनताका छोराछोरीले जनताका छोरालाई राष्ट्रपति चुने । त्यो दिन, लामो समयको कठिन सङ्घर्ष, अकथनीय त्याग र अनेकन् आत्म-बलिदानबाट प्राप्त त्यो दिन, अखण्ड आनन्द र चौतर्फी हर्षोल्लासको दिन हुनुपर्ने हो । त्यो दिन स्वस्फुर्त विजयोत्सवको तुमुल ध्वनिले समस्त आकाश गुन्जायमान हुनुपर्ने हो । त्यो दिन मुलुकैभरिका सडक र डबलीहरूमा खुट्टा हाल्ने ठावैँ नहुने गरी नरनारीहरूको भीड लाग्नुपर्ने हो । त्यो दिन साँझ पटकाको पट्याक-पुटुक, झिर्भिmरेको झिलिमिली र घरघरै दिपावलीको तिरिमिरी हुनुपर्ने हो । दुर्भाग्यवश, त्यस्तो केही भएन । बहुमतीय भालेजुधाइ र संकीर्ण स्वार्थहरूको टक्करले हाम्रो दुर्लभ खुसीलाई धेरै नै खल्लो बनाइदियो । नयाँबानेश्वरमा, चुनावी परिसरबाहिर सडकमा मानिसहरूको एउटा लिखुरे झुन्ड जुटेको थियो । छाँटले ती सबैजसो कांग्रेसी थिए । धेरैजसो मधेसी कांग्रेसी, छिटफुट पहाडी कांग्रेसी । उत्सुक नजरले नियालेर हेरेँ, त्यो झुन्डमा एमाले एकजनासम्म पनि थिएन । लाग्यो, एमालेका एउटा आँखामा हाँसो होला, अर्कोमा आँसु । माओवादीसँग साटो फेर्न पाएकोमा हाँसो, माओवादीको रिसले कांग्रेस-फोरमका चरणमा आप\mनो सर्वस्व सुम्पिदिएकोमा आँसु । आँसु र हाँसोको जोड-घटाउमा एमालेलाई हात लाग्यो करिबन शून्य । न लाभ न गौरवको त्यो घडीमा सके बल्खुदरबारको कौसीमा बसेर एमाले उदास मुद्रामा झोक्राइरहेको थियो होला । अनि केको हर्षबढाइँ गर्न निस्क्योस् बरा खुला सडकमा ?

कांग्रेसीहरूका नारामा राष्ट्रपतिको उचाइ र व्यापकता, शान र गरिमा उति साह्रो देखिएन । तिनले कांग्रेसी जितका संकुचित नारा लगाए । तिनले ‘कांग्रेसी हाई-हाई’को मिठो र ‘प्रचण्ड बाई-बाई’को तीतो पोखे । मानौँ, त्यो चुनाव राष्ट्रपतिको होइन, कांग्रेसपतिको हो । मानौँ, त्यो चुनावमा कांग्रेसका भागमा जितैजित र माओवादीका भागमा हारैहार पर्‍यो । मानौँ, विजयी राष्ट्रपति कांग्रेसहरूका पेवा र बाँकीहरूका परचक्री हुन् । मानौँ, राष्ट्रपतिको चुनाव गणतन्त्रको जितको उद्घोष होइन, अर्को युद्धको उद्घोष हो । त्यो दिन, खुसीको आवरणभित्र त्रासैत्रास भरिएको त्यो दिन, युद्धको उद्घोषको गन्ध चारैतिर व्याप्त थियो । तिलस्मी गठनबन्धका छोटेनेताहरूका वचनमा युद्धको नजानिँदो उद्घोष थियो । स्वनामधन्य बौद्धिकहरूका कथनमा युद्धको अप्रत्यक्ष उद्घोष थियो । धेरैजसो बिजुली सञ्चारमाध्यमहरूका प्रस्तुतिहरूमा युद्धको डरलाग्दो उद्घोष थियो । यी सबैले एकनासका मुद्रामा, एउटै भाकामा दिनैभरि एउटै कुराको रट लगाए । माओवादीको मेख मारिया ! माओवादीको दम्भ तोडियो ! माओवादीका सिङ भाँचियो । माओवादीलाई सबक सिकाइयो ! यी उद्गारहरूमा प्रतिशोधको आगो हुर्हुरी बलेको थियो । यो विनासकारी आगोले भनिरहेझैँ लाग्थ्यो— माओावदी पहिलेकै जंगल जाओ, हामी पहिलेझैँ खाओवादको रक्षा गर्छौर्ँ !

दुःखको कुरा हो, राष्ट्रपतिको चिरप्रतीक्षित चुनाव गाईजात्रामय रहस्य र विस्मयकारी चटक भएर आयो । मैदानमा उम्मेदवारीको लाममा पहिले अरू नै थिए । गिरिजाबाबु थिए, माधवबाबु थिए, साहनादिदी थिइन् । तर अन्तिम घडीमा यी नामहरू मेटिए र नयाँ, कल्पनै नगरेका नामहरू अघि सारिए । चुनावमा जसले जिते, दुई दिनअघिसम्म चुनावी मैदानमा तिनको नाम कहीँ थिएन । उसो त तिनका आप\mनै सपनामा पनि तिनको नाम नहुँदो हो । एकाएक, मानिसहरू जिल् पर्ने गरी नीलगगनबाट वषर्ा भएझैँ ती नाम बर्सिए । चुनावमा मानवीय मूल्य र मर्यादाको मान कतै राखिएन । एमालेको झलनाथगणले रामप्रीत पासवान र अष्टलक्ष्मी शाक्यका शिरमा टेकेर अरूलाई नै मतदान गर्‍यो । कांग्रेसको गिरिजागणले मानबहादुर विश्वकर्माका शिरमा टेकेर अर्कैलाई मत खसाल्यो । जस-जसका शिरमा टेकियो, पार्टीको दासवत् संस्कृतिले तिनलाई चुँसम्म पनि बोल्न दिएन । तिनले जीवनको भित्तोमा आप\mना पार्टी बोसहरूले निर्ममतासाथ आप\mना नाम काटेर अरूका नाम लेखेको दृश्य ट्वाँ परेर हेरे ।

उसो त मौकावादी मतदानको नाटक झनै रहस्यमय देखियो । अघिल्लो दिनसम्म मलाई मनपर्ने उम्मेदवारै छैन, म भोट हाल्दिनँ भन्ने मरिचे दलहरू थुप्रै थिए । कुन दैवीशक्ति वा रिमोट कन्ट्रोलकारी शक्तिको मुहुनीमय प्रभावले हो, थाहा छैन, भोलिपल्ट उनै उम्मेदवार तिनलाई अचम्मै मन परे । अनि चारमते कमल थापाबाहेक सबै मरिचेहरू मत हाल्न झुम्मिए । कुनै अदृश्य खोपीमा रिहर्सल गरेर मञ्चन गरिएको त्यो दृश्यले मलाई जिउँदो फट्यांग्रोमाथि कमिलाको गोलोले धावा बोलेको दृश्यको झल्झली सम्झना गरायो । यहाँ धावाकारी कमिलाको भेषमा सकल दलहरू एक भएका थिए, फट्यांग्राको भेषमा एकल माओवादी थियो । त्यो नाटकीय हृदय परिवर्तन देखेर लोकका भुक्तभोगी जनहरूलाई अतीतको कुरूप कथाको याद आएछ क्यार ! धेरै मुखले प्रश्न गरेको सुनियो— हैन, यिनीहरू त एक-एक करोडमा बिकेछन् कि कसो ? यति राम्रा-राम्रा दलका ‘स्वच्छ छविहरू’ले पैसा खाएर विचार फेरे होलान् भनी म पत्याउन सक्दिनँ । तर म अकिञ्चन प्राणीले नपत्याएर के भो ? तीक्ष्ण अन्तदर्ृष्टि भएको लोकले पत्याइसक्यो !

हृदय परिवर्तनको अर्को कथा झनै खास्साको छ । एमालेको माधव-तृष्णा र माओवादीको माधव-वितृष्णाबीच झडप पर्‍यो । झडपपछि यी दुईको नाता टुट्यो । नयाँ नातेदारको खोजीमा माओवादीले मधेसी दलहरूतिर हत्तपत्त हात बढायो । झलनाथजीले जब त्यो देखे, पेट पोलेर उनलाई हुनुसम्म औडाहा भयो । अनि मुख बंग्याउँदै यिनले कटाक्ष गरे— एमालेजस्तो पवित्र वामपन्थी दललाई त्यागेर माओवादी अपवित्र दक्षिणपन्थी र दक्षिणपरस्त मधेसी दलहरूलाई काँध थाप्न पुग्यो । यिनले यसो भनेको सुन्ने साक्षी बिबिसीका रवीन्द्र मिश्र सही-सलामत छन् । लाग्छ, यसोभन्दा यिनले शाही राष्ट्रवादको घोडा चढेका थिए । भोलिपल्ट यिनी घोडाबाट खुत्रुक्क ओर्लिए । र, उनै ‘दक्षिणपन्थी’ र ‘दक्षिणपरस्त’ दलहरूका चरणस्पर्श गर्न पुगे । आखिर केका लागि ?

चुनावी नाटकको यो निष्ठाविहीन, मूल्यविहीन र मर्यादाविहीन अभिनयले जनमानसमा आकर्षण र प्रसन्नता होइन, विकर्षण र भय मात्र पैदा गर्‍यो । अर ! राष्ट्रपति मधेसलाई, उपराष्ट्रपति पनि मधेसैलाई ! उसमाथि दुवै पात्र खान्दानी ब्राह्मण ! तराई-पहाड-हिमालवाद ! दलित, महिला, जनजातिवाद ! विडम्बनावश, प्रतिशोधको झोंकमा कमिलागणले पदहरूको वितरणमा क्षेत्रीय सन्तुलनको हेक्का राख्नु पनि जरुरी ठानेन । त्यो असंगत र अनुचित दृश्य जब देखियो, पहाडबासी जनसाधारण झस्के । टोल-छिमेकका धेरै पहाडीहरूका चिन्ताग्रस्त चित्तबाट निस्केको वचन मैले सुनेँ— राष्ट्रपति र उपराष्ट्रपति दुवै पद फोरम-सोरमलाई दिएछन् । दिनलाई अब के बाँकी रह्यो ? यो हतास वचनमा पहाडी अन्धराष्ट्रवादको गन्धको किञ्चित अंश अवश्य होला नै, तर प्रतिशोधप्रेमी कमिलागणले क्षेत्रीय सन्तुलनको पर्वाह नगरेको पनि त सत्य हो । अनि राष्ट्रपति र उपराष्ट्रपति पाएँ भनेर जनसाधारण किन खुसी होऊन् ?

कमिलागणका अनेकरूपी बौद्धिक प्रवक्ताहरूको एउटा अर्ती बडो विचित्रको छ । ती आज्ञा गर्दैछन्- माओवादी नयाँ सरकारमा आउनै पर्छ । नत्र…, अझ कतिपयका मुखारबिन्दबाट त नआए त्यसलाई घेरेरै भए पनि ल्याउनुपर्छ भन्ने दिव्यवाणीसमेत सुनिँदैछ । मानौँ, पुलिस लगाएर, पक्राउ गरेर माओवादीलाई सरकारमा भित्र्याउने तयारी भइरहेछ ! मान्ला र माओवादी ? मलाई शंका छ । कमिलागणको गठबन्धनको साँघुरो चौघेराभित्र कैद भएर यथास्थितिको जेठो गोठालो बन्न माओवादी किन पो मान्ला र ? मलाई लाग्छ, माओवादीबिना पनि सरकार बन्छ । विचार मिल्ने, स्वार्थ मिल्ने, संस्कार मिल्ने र शैली मिल्नेहरूले सरकार बनाए भएकै छ । मतदाताहरूले सरकारमा जाओ र आ-आप\mनो आकारअनुसार बाँडीचुँडी खाओ भनेर मतदान गरेका होइनन् । मतदान त सबै मिलेर गतिलो संविधान बनाओ भनेर पो गरेका हुन् । चटके गठबन्धनको प्रधानमन्त्री बन्न सुहाउने अस्सली पात्र त शेरबहादुर देउवा पो हुन् । राष्ट्रपति चुनिँदा खुसी हुन पाइएन । कमसेकम नयाँ नेपालको प्रधानमन्त्री पदमा पुरानो नेपालको पुरानै अनुहार देखेर जनता-जनार्दन एक राउन्ड हाँस्न त पाऊन् !(नयाँ पत्रीका दैनिक बाट साभार )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: