अझै सहमति हुन सकेन,तराइ बन्द को घोषणा

                       लामो समय देखी मदेसी नेताहरु ले एक मधेस प्रदेस र मधेसी लाई समुहगत रुपमा सेनामा प्रबेस मागको रटान लियर संबिधान सभाको बैठक अबरुद्द गर्दै आयका छन। यसको लागि बिभिन्न बिकल्प सात दल बाट खोजिय पनि मधेसी नेता हरु सहमत हुने सङ्केत कहि कतै बाट मिलेको छैन। बरु उल्टै उत्तेजित पाराले यदी माग पुरा नभय सडक देखी सदन सम्म आन्दोलन गर्ने तर आफ्ना कुनै माग पनि नछोड्ने बताइरहेका छन।यस्तो परिप्रेक्ष मा कतै दबाब मा आयर नेता हरु ले गलत निर्णय गर्ने त होइनन जस्ले गर्दा भबिस्यमा सारा नेपाली ले पछुताउनु परोस भन्ने आसङ्का जनमानस मा ब्याप्त छ।एक मधेस एक प्रदेस र त्यस्मा पनि आत्मानिर्णय को अधिकार सहित को प्रदेस को माग गर्ने मधेसी नेता हरु ले मधेस मै बस्ने आदिबासी थारु जाती लगयत तराइमा बसोबास गर्ने बिभिन्न आदिबासी सङ्गठन हरु को बिरोध को पनि सामना गरिरहेका छन। सम्पूर्ण मधेस लाई एक प्रदेस घोषणा गर्दा आफ्नो पहिचान हराउने र आफु मधेसी हरु को “हली” भयर बस्नु पर्ने भन्दै ति आदिबासी हरु ले एक प्रदेस को बिरुद्द अहिले सडक सङ्घर्स चर्काइरहेका छन।
                                  यसै क्रम मा अहिले उठेको यो गतिरोध लाई अन्त्य गर्न भनेर सात दलिय सम्यन्त्र ले आज तयार गरेको संबिधान सम्सोधन को पछील्लो ड्रफ्टमा मधेस मा बहुप्रदेस हुनु पर्ने भनी गरियको प्रस्तवप्रती मधेस बादी दलहरु ले असहमती जनाएका छन। सो ड्राफ्ट हेरेर फर्कियका एक मधेसी नेता ले मधेसी जनता को चाहना बिपरित ड्राफ्ट तयार गरियको र सो आफुहरु लाई मान्य नहुने बतायका छन।त्यस्तै मधेसी जनाधिकार फोरमा का नेता बिजयकुमार गच्छेदार ले पनि संबिधान सम्सोधन मस्यौदा मधेसी जनता को भाबना बिपरित भयको र यदी आफुहरुले भने जस्तो सम्झौता नभय सदन चल्न नदिने बताए।
                       यता लामो समय देखी सदन चल्न नसक्दा देस झन झन सङ्कट मा फस्दै गएको छ। पुरानो आर्थिक बर्स को अन्त्य र नयाँ आर्थिक बर्ष शुरु हुन लागेको बेलामा बजेट बिनियोजन लगायत का काममा बाधा पुगेको छ। भने नया सरकार गठन,संबिधान सभाको अध्यक्ष लगायत को चयन हुन सकेको छैन।
संबिधान को धारा ६३ जलाइयो>
एक मधेस प्रदेस को बिरोध गर्दै आयका तराइका आदिबासी थारुहरु को सस्था थारु कल्याणकारी सभा लगायत बिभिन्न २२ वटा सङ्गथन हरु ले आज नेपाल को अन्तरिम संबिधान को धारा ६३ जलायका छन।भने यही असार २६ गते तराइ बन्द को आब्व्हान पनि गरेका छन। संबिधान जलाउने क्रम मा राजाधानी मा प्रहरी ले सस्तक्षेप गरी लाठी चार्ज गर्दा केही प्रदर्सनकारीहरु घाइते समेत भयका छन।
यसै गरी तराइ का आदिबासी लाई मधेसी जातिमा पारीणत गरि उनिहरु को हक अधिकार हरु खोस्ने सड्यन्त्र भइरहेको र आन्दोलन का क्रम मा प्रहरी दमन भयको बिरोध मा ति सङ्गथन हरु ले तराइ बन्द लागायत का अरु आन्दोलन को घोषणा पनि गरेका छन।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: