आजको प्रथम खेल स्विट्जरल्याण्ड र गणतन्त्र चेक् का बिच

                                                                 आज को ओपनिङ खेल स्विट्जरल्याण्ड को बाशेल शहर को सेन्ट ज्याकोब रङ्गसालामा आयोजक राष्ट्र स्विस र गणतन्त्र चेक का बिच भर्खरै सम्पन्न भयो। हजारौं स्विस फुट्बल फ्यान हरु को बिच र घरेलु मैदान मा खेल्न चान्स पाएको स्विस ले मौका को फाईदा भने उठाउन सकेन तर उत्कृष्ट खेल भने प्रदर्सन गर्‍यो। खेल शुरु भयको ४३ मिनेट मै स्विस का स्ट्राइकर तथा राष्ट्रिय टिमका क्याप्टेन एलेक्स फ्राइ घाइते हुन पुगे भने उनको सट्टामा मैदान मा उत्रियका अर्का स्ट्राइकर हाकान याकिन ले उत्कृष्ट खेल खेले पनि अन्त्यमा कुनै पनि गोल गर्न नसकी चेक सँग १-० को अन्तरले हार्नु पर्‍यो। आजको खेल शुरु हुनु भन्दा पहिला म रङगशाला र बासल सिटी घुम्न गयको थिय। के देखियो त त्याहा>?कस्तो चहलपहल थियो त बासल मा र सेन्ट ज्याकोब रङ्गशाला ओरिपरी? हेर्न भित्र आउनुहोला।   

सुरक्षा ब्यबस्था एकदमै कडा बनाइएको थियो। स्विस आर्मी परिचालन गरियको थियो भने अतिरिक्त सुरक्षा को लागि जर्मनी र फ्रान्स बाट पनि सुरक्षाकर्मी ल्याइयको थियो।

शहर भरी ठाउँ ठाउँ मा “फ्यान जोन” हरु भनाइयको थियो भने ठुला ठुला टेलिभिजन हरु मा लाइभ फुटबल देखाइयको थियो। 

फ्यान जोन हरु पनि स्टेडियम जस्तै बनाइयको थियो।

फ्यान् हरु को लागि कन्सर्ट को पनि ब्यबस्था थियो।

जता ततै(धेरै जसो) स्विस फ्यान् मात्र थिय।

“मौका मा चौका” बियर बिक्रिमा

खेल शुरु हुनु भन्दा पहिला स्टेडियम भन्दा बाहिर स्विस फ्यान् हरु

सेन्ट ज्याकोब पार्क(स्टेडियमा)

लाइभ प्रसारण को तयारी

फुटबल फ्यान् हरु स्टेडियम अगाडि बियर पियर रमाइलो गर्दै

सेन्ट ज्याकोब पार्क(स्टेडियम)

 

र अन्त्यमा,यो त्यै बैङ्क हो जहाँ संसार का धनी मान्छे हरु आफ्नो कालो सम्पत्ति लुकाउने गर्छन्। हाम्रा(भुतपुर्ब)राजा महाराजा देखी नेता हरु ले स्विस बैङ्क मा पैसा जम्मा गरेको यही बैङ्क मा हो।

सबै फोटो हरु म आँफै ले खिचेको(मेरो सम्पत्ति) हो।

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: