स्विट्जरल्याण्ड बाट सङ्घिय लोकतान्त्रिक गणतन्त्र को स्वागत

          २००७ साल देखी उठेको संबिधान सभा को मुद्दा लाई नेकपा माओवादीको नेत्त्रित्व मा सम्पन्न १० बर्षे जनयुद्द र १९ दिने जनाअन्दोलन को उपलब्धीले संबिधान सभाको सफल निर्वाचन सम्पन्न गर्दै मे २८ तारिक २००८ का दिन संबिधान सभाको पहिलो बैठक ले २४० बर्ष देखी निरङ्कुस एकात्मक,केन्द्रिक्रित शासन गर्दै आयको सामन्तबादिको मुख्य जड राजतन्त्र को बिधिबत अन्त्य गर्दै सङ्घिय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयको मा हामीहरु प्रबास मा रहेका नेपाली हरु अत्यान्तै खुशी र हर्सित भयका छौ। र यो महान कार्यको अन्तरराष्ट्रियताबादी नेपाली एक्यबद्दता मन्च हार्दिक स्वागत गर्दछ।
      गणतन्त्र को स्थापनाले नेपाली जनता को त्याग बलिदान र सहिद हरु को सपना साकार गर्दै सम्पूर्ण नेपाली हरु को सुनौलो भबिस्य र हक अधिकारहरु को प्रसस्त मार्ग चित्र खोलेको छ। साथै सङ्घिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको सङघर्स मा आफ्नो आमुल्य जिबनको बलिदानी दिनु हुने सम्पूर्ण ज्ञ्यात अज्ञ्यात सहिद हरु प्रती भाबपूर्ण क्ष्रदान्जली प्रकट गर्दछौ। तथा सर्बहारा बर्ग को मुक्तिको लागि आन्दोलनरत नेकपा माओवादीको कुसल नेत्त्रित्वो,सम्पूर्ण पार्टी पङ्ती,जनबर्गिय सङ्गठन हरु तथा स्वदेस तथा बिदेस मा रहेर पनि गणतन्त्र को स्थापनाको लागि सङ्घर्सरत प्रगतिसिल सँघ सङ्गठनहरु तथा सो महान कार्यमा प्रतक्ष ,अप्रत्क्ष रुपमा सहभागि भै सहयोग र समर्थन गर्नु हुने सम्पूर्ण नेपाली तथा बिदेसी मित्र हरु लाई अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मन्च(इन्सोफ स्विस)स्विट्जरल्यान्ड हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गर्दछ।   
        संबिधान सभाको निर्वाचन र गणतन्त्र को घोषणा नेकपा माओवादीको प्रमुख एजेन्डा भयको र नेपाली जनता को परिवर्तनको चाहना नयाँ बिचार,सङघर्स को प्रतिफल र नेकपा माओवादीको कुसल नेत्रित्वो ले गर्दा आज मुलुक गणतन्त्रमय भयको छ। संबिधान सभा निर्वाचन मा नेपाली जनताको अत्याधिक मत पायर नेकपा माओवादी सबै भन्दा ठुलो दलको रुप मा स्थापित भयकाले अबको सरकारको नेत्रित्व पनि नेकपा  माओवादीले नै गर्नु पर्दछ साथै नेकपा माओवादी लाई सरकार को नेत्रित्व जती सक्दो चाडो सुम्पेर जनमतको कदर गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: