निसेधित समय सुरु भयकै दिन राजधानिमा क्ष्रिङ्खलाबद्द बम बिस्फोट,सुरक्षा लाई चुनौती,

         नेपाल सरकार ले आज देखी लागु हुने गरी राजधानिका बिरेन्द्रअन्तरराष्ट्रिय सम्मेलन केन्द्र को वरीपरी,सिङ्हदरबार वरिपरि,नारायनहिटी राजादरबार,निर्मल निवास,प्र।म। निवास वरिपरि अर्को सुचना जरी नभयसम्म को लागि कुनै पनि सभा सम्मेलन,नारा जुलुस,बिरोध प्रदर्सन,धर्ना,लगायत सबारी पार्किङ सम्म गर्न नपाउने गरी निसेधाज्ञा जारी गरेको दिन नै राजधानिमा क्ष्रिखलाबद्द रुपमा बम बिस्फोटका घटना भयका छन तर सो बम बिस्फोट बाट कुनै ठुलो मानबिय तथा भौतिक क्षती भने हुन पायन।

           बिभिन्न समाचार क्ष्रोत हरु का अनुसार आज दिउसो करीब ५ बजे तिर संबिधान सभा को पहिलो बैठक बस्ने स्थल बिरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र को प्रबेस द्वार मा मोटरसाइकल मा आयका अज्ञात ब्यक्ती हरु ले बम छोडेर गयको दुई बम केही समयमा नै बिस्फोट थियो। सो बिस्फोट को जिम्मा नेपाल लाई हिन्दू राज्य कायम गर्न माग गर्ने रणबिर सेना नेपाल नामक संगठनले लियको छ। त्यस्तै आज साझ नागरिक समाजका अगुवा डा देबेन्द्रराज पाण्डे को बिशालनगर स्थित निवासस्थान मा पनि सकेट बम बिस्फोट भयको छ।भने सो बिस्फोट बाट खासै क्षती नभय पनि घर को मुल गेट मा सामान्य क्षती भयको डा पाण्डे ले बताउनु भयको छ। सो बम बिस्फोट को जिम्मा पनि रणबिर सेना नेपाल नामक संगठन ले लियको छ।
         संबिधान सभाको पूर्व सन्ध्या मा यसरी बम बिस्फोट भयपछी अहिले राजधानिको सुरक्षा ब्यबस्था अत्यान्तै कडा पारीयको छ र ठाउँ ठाउँमा सुरक्षागस्ती,तथा अपराधी हरु को खोजी कार्य तिब्र बनाइयको छ। २३८ बर्ष देखी गरीब नेपाली जनता माथि राज गर्दै आएको समन्ती राज्यसत्ता र यसका नाइके ज्ञानेन्द्र शाह लाई जनता ले पाखा लागाइ सकेको र अझै भन्ने हो भने दागबत्ती दिन तयार पारीयको राजतन्त्र जोगाउन गरियको यो अन्तिमा प्रयास हो। अब को २ दिन पछी अर्थात जेठ १५ गते बस्ने संबिधान सभाको पहिलो बैठक ले बिधिबत रुपमा राजतन्त्र अन्त्य र गणतन्त्र नेपाल को घोषणा गर्ने छ।
      १५ गते गणतन्त्र को घोषणा हुने पक्का भयपछी अहिले नेपाल गणतन्त्रमय भयको छ। भने नागरिक समाज लगायत माओवादी र अन्य राजनीतिक दलले पनि १५ गते लाई गणतन्त्र दिबस को रुपमा हर्सोल्लास का साथ मनाउन सम्पूर्ण देसबासी मा आग्रह गरेका छन।
    

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: