जोशिको उम्मेदवारीको योग्यता -२

तनहु क्षेत्र नम्बर एकवाट प्रत्यक्ष निर्वाचनका लागि टिकट पाएका भ्रष्ट छवी बनाएका गोविन्दराज जोशिको योग्यता कस्तो रहेछ त्यसको जानकारीका लागि हाम्रो ब्लगले शुरु गरेको अभियानको दोस्रो भाग हो यो । यहां जोशिले अख्तियार दुरुपयोग अनुशन्धान आयोग समक्ष दिएको बयान र उनले बताउन नमानेका विषय समेटिएको छ ।

गोविन्दराज जोशीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा दिएको बयान :
 
म ३ पटक तनहुँ जिल्ला क्षेत्र नं १ र २ बाट साँसद स्थानीय विकास शिक्षा जलस्रोत गृह सामान्य प्रशासन पर्यटन तथा नागरिक उड्डयन खेलकूद तथा समाज कल्याण मन्त्री पटक पटक भएको छु ।

मेरो विवाह २०२३ सालमा श्रीमती हिमकुमारी जोशीसंग भएको हो निज श्रीमती घरमा छिन् । छोरा दीपकराज जोशी विगत ८ वर्षदेखि अमेरिकामा टेलिकम कम्पनीमा काम गर्दछ । निजले आई।टि। मा एम।एस। गरेको छ । विवाहित छोरी रमा भट्टराई करीव ७ वर्षदेखि अमेरिकामा छिन् । उनी विद्यालयमा अध्यापन गर्दछिन् । छोरा दिनेशराज जोशी करीव ५ वर्षदेखि अष्ट्रेलियामा छ र त्यहाँ कमन वेल्थ बैंकमा काम गर्दछ र बुहारी रक्षा जोशी पनि करीव ५ वर्षदेखि अष्ट्रेलियामा काम गर्दछिन् ।
जेठो छोरा दीपकराज जोशी र कान्छो छोरा दिनेशराज जोशीलाई अध्ययन गर्न क्रमशः अमेरिका र अष्ट्रेलिया जाँदा बाटो खर्चसम्म मैले दिएको हुँ । अन्य अध्ययन गर्दा लाग्ने खर्च उनीहरु आफैंले कमाई अध्ययन गरेका हुन् । छोरी रमा भट्टराइको विवाह २०४९ सालतिर भएको हो र विवाह भएपछि अमेरिका गएकोले उनलाई घरबाट नै पठाएको हुँदा लागेको खर्चका बारेमा मलाई थाहा छैन । ज्वाईको नाम श्याम भट्टराई हो । निजको वतन नारायणगढ चितवन हो । हाल उहाँ अमेरिकाको वेष्ट भर्जेनियामा बस्नुहुन्छ र अमेरिकामै कुनै टेलिकम कम्पनीमा काम गर्नुहुन्छ ।

मेरो बाबु आमा र ससुरा परलोक भईसक्नुभएको छ । सासूको नाम नीरकुमारी पन्त हो । सालाको नाम वासुदेव पन्त हो र जेठी सासू छैनन् । सालीहरुको नाम याद छैन । हाल बानेश्वरमा बस्दछन् । दाजु माधवराज जोशी माहिला बुबाको अंश लिई बस्नुभएको छ । भाइ विश्वकमल जोशी २०४६ सालमा अंशवण्डा गरी छुट्टिइ भिन्न भइ बसेका छन् । अंशवण्डा तनहुँ मालबाट रजिष्ट्रेशन पारित भएको छ ।
दाइ माधवराज जोशी हाल मैतिदेवीमा र भाइ विश्वकमल जोशी हाल काठमाडौंको कालोपुलमा बस्दछन् । दिदीहरु सबैको विवाह भै सकेको छ र निजहरु हाल किरणकुमारी पाण्डे काठमाडौं कालीमाटीमा रामेश्वरी तिवारी ज्ञानेश्वरमा सुभद्रा त्रिपाठी चावहिलमा र सीताजोशी काठमाडौं रातोपुलमा बस्दछन् ।
पेशा थाहा छैन । सबै छुट्टि भिन्न र विवाहित भएको हुँदा पेशा थाहा नभएको हो ।
श्री ५ बाट गठित सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन भनी उल्लेख भएको मेरो मात्र व्यहोरा भएको र मेरो सासू नीरकुमारी पन्तका नाममा रहेकेा भनिएका प्रतिवेदनको फोटोकपी पढी सुनिपाएँ । न्यायिक आयोगको प्रतिवेदन भनिएकॊ फोटोकपी हेर्दा र त्यसमा भएका कुराहरु समेत स्पष्ट एक प्याराग्राफबाट अर्को प्याराग्राफमा बाझिएको देिखंदा सो आयोगको प्रतिवेदन भनी विश्वास गर्न सकिने अवस्था रहेन ।
त्यसकारण सम्पत्ति न्यायिक जाँचबुझ आयोगको सक्कल प्रतिवेदनको नक्कल प्राप्त भएपछि र यस्तो जटिल एवं विवादास्पद विषयमा मैले नेपाल अधिराज्यको संविधान अनुसार कानून व्यवसायीसँग पनि परामर्श लिनु पर्ने हुँदा अधिवक्ता श्री बद्रीबहादुर कार्की अधिवक्ता श्री हरिहर दाहाल र अधिवक्ता श्री यज्ञमूर्ति बन्जाडेलाई कानून व्यवसायी मुकरर गरी उहाँहरुसँग परामर्श गरेर मात्र यस विषयमा आफ्नो प्रतिकृया व्यक्त गर्नेछु साथै प्रश्नको पनि जवाफ दिनेछु ।

छोरा दीपकराज जोशीको नाममा दमौलीमा रहेको घडेरी मुद्दा मिलापत्र गरी तनहुँ मालबाट दा।खा। भएको हो र अर्को छोरा दिनेशराज जोशीका नाममा संयुक्त घडेरी अष्ट्रेलिया जानुभन्दा अघि छोरा स्टाफ कलेजमा अधिकृतको पदमा कार्यरत भएको उसको आर्जन र बाँकी तनहुँको जग्गा बिक्रीबाट खरीद भएकोहो ।

दमौलीमा श्रीमती हिमकुमारीको नाममा रहेको घर २०३८ सालमा घडेरी खरीद गरी त्यसमा बनेको ११ कोठाको घरलाई केही वर्ष पहिला त्यसैको काठ ढुङ्गा प्रयोग गरी रु।५०००००।- मा मर्मत गरी पुनः निर्माण गरेको हो । उक्त रकम त्यही घरको २०४६ सालदेखि निर्माण हुँदासम्मको भाडा र तनहुँको जग्गा बिक्री तथा मेरो आर्जनबाट बनाएको हो ।
मेरो बिभिन्न बैंकमा रहेको मुद्दतीको रकम मेरो २०४८ सालदेखि ८ वर्ष मन्त्री र बाँकी अवधि साँसद हुँदाको तलव विभिन्न मितिमा छोराछोरीले सम्पत्ति न्यायिक जाँचवुझ आयोगमा विवरण दिनुअघि पठाएको ६७००० यु।एस। डलर र त्यसपछि छोरा दीपकराज जोशीले पठाएको ५०००।०० युएस। डलरबाट समेत ल्याण्ड क्रुजर टोयोटा गाडी मैले पहिला चढ्ने मारुती जीप र छोरा दीपकराज जोशीले चलाउने मोटरसाइकल र मेरो मौज्दात अन्य रकमबाट खरीद गरेको हो । छोरी रमा भट्टराईको बैंक व्यालेन्स निजको आफ्नो आर्जन हो । छोराहरुको बैंकमा रहेको रकम उनीहरुको आफ्नै आर्जन हो । त्यस बाहेक सोधिएका अन्य व्यक्तिहरुको सम्पत्ति मेरो नभएको र मेरो कुनै सरोकार नभएको र उक्त कारोवारमा मेरो संलग्नता नभएको हुँदा मलाई थाहा छैन । मैले जवाफ दिनुपर्ने होइन ।
छोरा दीपकराज जोशी अमेरिका जानु अघि बन मन्त्रालयमा केही वर्ष फरेष्टर ना।सु। पदमा कार्यरत रहेको हुँदा उसको आम्दानी त्यसबाट पनि भएको हो ।

मैले श्री सर्वोच्च अदालतमा यस आयोगको अधिकार क्षेत्र उपर नै चुनौती दिई रिट निवेदन दिएको र यो विषय न्यायिक विचाराधीन रहेको हुँदा सवाल नं। १२ र १३ को सम्बन्धमा मलाई आयोगले बयान लिनु सर्वोच्च अदालतमा न्यायिक विचाराधीन मुद्दा रहेको र अधिकार क्षेत्रको निरोपण नहुँदासम्म बयान दिन असमर्थ छु । मिति २०६०।६।२६ मा बयान गरी अन्य सवालको बयान नदिई मौन रही आएको ।

गोविन्दराज जोशीले जवाफ नदिएका मुख्य सवालहरुको अंश :प्रतिवादी गोविन्दराज जोशीले मिति २०६०।६।२६ मा अनुसन्धानको क्रममा सोधिएका सवाल नं। १ देखि १३ सम्मको जवाफ स्वहस्ताक्षरबाट लेखी दिई सोही दिन वयान कार्य समाप्त नभई मिति २०६०।६।२७ मा पुनः आयोगमा उपस्थित गराई वयान सोधपुछ गर्ने क्रममा निज जोशी र निजका परिवार काठमाण्डौमा बसोवास गरेका ठाउँहरु निजहरुको मासिक एवं वार्षिक आय आर्जन सम्बन्धमा वासुदेव पन्त एवं सासू नीरकुमारी पन्तको नामको नेपाल बैंक लिमिटेड डिल्लीबजारको मुद्दती खाता नं। ५९÷११५६ को रु। २५०००००।- ऐ। बैंकको मुद्दती खाता नं। ६२÷२३६ को रु। २५०००००।- ऐ। बैंकको मुद्दती खाता नं। ६३÷१०६० को रु।४००००।- नेपाल बैंक लिमिटेड भोटाहिटी शाखामा एकमुष्ठ रु।१००००००।- समेत का रकम वासुदेव पन्तले जम्मा गरेको सम्बन्धमा छोरा दिनेशराजको जोशीको सोही बैंकको खातामा रु। ६०००००।- दाङ्गबाट ड्राफ्ट मार्फत जम्मा भएको रकम नेपाल बैंक लि। डिल्लीबजारकै खातामा रु।९८००००।- तथा भोटाहिटी शाखाको खातामा रु।१७९५०००।- लगायतका रकम वासुदेव पन्तले जम्मा गरी दिई सम्पत्तिको चलन वन्दोवस्त समेत गरिदिएका सम्बन्धमा निजले २०४८ सालदेखि आय आर्जन गरेका चल÷अचल सम्पत्ति र मन्त्री पदमा रहँदा प्रस्तुत गरेको सम्पत्ति विवरणमा उल्लिखित अस्वाभाविक सम्पत्तिको उल्लेखन सम्बन्धमा निजसँग स्रोत नखुलेको सवारी साधन रहे भएकोले उक्त २०५३ सालमा खरीद गरिएको मूल्य रु। २२०२८१९।५० को गाडीको लगानीको स्रोत सम्बन्धमा नीरकुमारी पन्तको नेपाल बैंक लिमिटेड डिल्लीबजारमा रहेको वचत एवं मुद्दती खाता र उक्त खाताहरुमा जम्मा गरिएका रकम र सो रकम झिकी प्रयोग भए गरेका सम्बन्धमा निजका साला वासुदेव पन्तको नाममा का।म।न।पा।-१० को कि।नं। २६३ को ०-१२-२-२ रो। जग्गा र सो जग्गामा बनेको घर २०५१ सालमा घर निर्माण गरी बिक्री समेत गरिएको सम्बन्धमा नबिल बैंकमा रहेको खाताबाट झिकिएका विदेशी मुद्रा एवं वचत खाताबाट प्रयोग गरेका अन्य रकमका सम्बन्धमा वासुदेव पन्त रामकृष्ण तिवारी दिनेशराज जोशी र निजहरुका श्रीमतीहरु सहित संलग्न रही नारायणी पि्रन्टिङ्ग प्रेस संचालन घर निर्माण तथा उक्त प्रेसमा कारोवार गरेको रकमको सम्बन्धमा दिनेशराज जोशी समेतले तनहुँ दमौली स्थित गण्डकी ट्रेक्निकल ट्रेनिङ्ग सेन्टरको संचालन र सोको कम्पनीको नाममा खरीद गरिएको व्यास न।पा।-२ को ७ आना जग्गा एवं सोही न।पा। को कि।नं। ११५ को क्षे।फ। ११-११-१-१ को जग्गाका सम्बन्धमा हिमकुमारी जोशीका नाममा रहेको तनहुँ दमौली स्थित २०५६ र २०५८ मा निर्माण गरिएको घरको लगानीका सम्बन्धमा सासू नीरकुमारी पन्तले २०५४ सालमा ललितपुर जावलाखेल स्थित घर जग्गा खरीद गरी उक्त घरको पुनर्निमाण एवं लगानीका साथै सोही घर सम्पत्ति न्यायिक जाँचबुझ आयोगको कारवाही पश्चात् लुकाउने÷छिपाउने उद्देश्यबाट ताराराज पाण्डेका नाममा हस्तान्तरण गरिएको सम्बन्धमा उक्त घरमा आफू मन्त्री पदमा नरहँदाका अवस्थामा आफू वसोवास गरेको र सो घरमा आफ्नो प्रयोगका धारा बिजुली टेलिफोन आदिबाट स्थापित भएको तथ्य लगायत सो घर जग्गामा लगानी गर्दाको स्रोतको सम्बन्धमा समेत गरी अनुसन्धानको क्रमबाट देखिएका तथ्यहरुका आधारमा मन्त्री पदमा रहँदा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति आफू र आफ्नो काममा सकि्रय वन्दोवस्त मिलाइदिने वासुदेव पन्त नीरकुमारी पन्त रामकृष्ण तिवारी समेतका सम्बन्धमा व्यहोरा खुलाउन प्रष्ट पार्न सम्मानीत अदालतबाट अनुसन्धानको निमित्त हिरासतमा राख्ने अनुमति प्रदान भएको अवधिको विभिन्न मितिमा निज गोविन्दराज जोशीसँग वयान िलंदा सोधिएको सवाल सुनी व्यहोरा अवगत गरेको भन्ने समेतका सवालहरु सोधनी गरिएको तर ती सवालहरु सवाल नं। १४ देखि ९९ सम्म को सन्तोषप्रद जवाफ दिन नसक्ने देखी निजले कुनै पनि सवालको जवाफ नलेखाए÷नबताएको हुँदा निजको उपस्थितिमा उक्त व्यहोरा आयोगकै कर्मचारीको रोहवरमा प्रमाणित गरी वयान कार्य टुंगिएको ।from: hamroblog.com

Leave a comment