सेना परिचालन गरे रक्तपात हुन्छ – सि पि गजुरेल

dsc00186.jpgfile photo by blogger
काठमाडौं, २६ माघ/ नेकपा-माओवादी)का वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले संविधानसभा निर्वाचन गर्नका लागि मधेसमा सेना परिचालन आवश्यक नरहेको बताउनुभएको छ ।
तराई बौद्धिक समाजद्वारा शनिबार राजधानीमा आयोजित ‘संविधानसभा चुनाव र मधेस आन्दोलन’ विषयक अन्तक्रिर्या कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले सेना परिचालन गरेर निर्वाचन भएमा त्यसको अर्थ नरहने बताउँदै भन्नुभयो-‘सेनालाई अघि ल्याइएमा रक्तपातपूर्ण स्थिति आउनसक्छ, थुप्रै जनताले ज्यान गुमाउनेछन् ।’
उहाँले अहिलेको प्रमुख एजेन्डा नै संविधानसभा निर्वाचन सम्पन्न गर्नु भएकाले तराईमा संघर्षरत समूहहरूलाई वार्तामा आउन आग्रह गर्नुभयो । ‘अब पनि निर्वाचन हुनसकेन भने सिंगो देश भड्खालोमा पर्ने सम्भावना छ, जसले परिवर्तन र अग्रगमनविरोधी राजावादीहरूलाई मात्रै फाइदा पुग्छ तसर्थ एक भएर निर्वाचनमा जाऔं’-उहाँको आग्रह थियो ।here is origional text 

One Response to “सेना परिचालन गरे रक्तपात हुन्छ – सि पि गजुरेल”

  1. Dislwjmk Says:

    UX7jcn comment5 ,

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: