यूरोप स्थीत बिभिन्न प्रगतिशील संगठनहरुले जारी प्रेस बिज्ञप्ति

जनताले लेख्ने संविधानमा लोकतान्त्रिक गणतन्त्रलाइ संस्थागत गर्दै नयां नेपाल निर्माणमा अघि वढौं ।

 प्रेस बिज्ञप्ति

                      आधा सताव्दी भन्दा अघि देखी नेपाली जनताले आफनो भाग्य आफै कोर्ने माध्यमको रुपमा प्रमुखताका साथ उठाउंदै आएको संविधानसभाको निर्वाचन नेकपा माओवादीद्धारा संचालित दशवर्षो जनयुद्ध र त्यसैको जगमा भएको उन्नाइस दिने महान जनआन्दोलनको वलले सम्पन्न भएको छ । संविधानसभाको निर्वाचन लाइ प्रतिकृयावादीहरुले अन्तिम समय सम्म भांडन गरेको कोशिसलाइ समेत माआवादीको अनुशासन ,असिम संयमता र धर्ैयताले गर्दा नेपाली जनताले शान्तिपर्ूवक निर्धक्कसंग इमान्दारीताका साथ जनताको आवाजलाइ आत्मसात गरेको नेकपा माओवादीलाइ संविधानसभाको निर्वाचनमा भारी वहुमतले विजय गराएर नयां नेपाल निर्माण गर्ने महान जिम्वेवारी र अवसर दिएका छन् ।यसले विश्वभरमा छरियर रहेका नेपाली जनता,नेपलली जनताको आन्दोलनमा र्समर्थन र सहयोग गर्दै आइरहेका विश्वभरिका विभिन्न राजनैतिक दलहरु,अन्य समुदायहरु,तथा विश्वका न्यायप्रेमी जनतालाई पनि हर्षवभोर र गौरवान्वित वनाएको छ।

सामान्तवादी राज्यसत्ताको कारण वाध्यतावश विदेशिएका हामी विगतमा आ आफनो स्थानवाट संगठित रुपमा सामन्ति राज्यसत्ताको अन्त गर्ने आन्दोलनमा ऐकयवद्धता जाहेर गर्दै आएका युरोप स्थित विभिन्न प्रगतिशील संगठनहरुका तर्फाट संविधान सभाको निर्वाचनलाई यसरी सफलतापर्ुवक सम्पन्न गराउने महान नेपाली जनता र यस निर्वाचन संग सम्वन्धित सम्पर्ुण्ा संघ संस्था,अर्न्तर्रराष्ट्रिय पर्यवेक्षकहरु सवैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं। यस निर्वाचनमा नयां नेपालको स्पष्ट योजना वोकेको नेकपा माओवादीका अध्यक्ष क प्रचण्ड लगायत अन्य विजयी नेताहरु तथा अन्य राजनीतिक दलहरुवाट निर्वाचित हुने गणतन्त्रवादीहरुमा समेत हामी हार्दिक वधाई तथा नयां नेपाल निर्माणमा दृढ भएर अगाडि वढ्नका लागि शुभकामना व्यक्त गर्दछौं।

अव वन्ने नयां नेपालमा आर्थिक क्रान्तिद्धारा हाम्रो सुन्दर देश नेपालको कायापलट गरि युगौं देखी विदेशिनु पर्ने वाध्यताको अन्त भइ साच्चै नै हामी नेपाली जनताको मुहार फेरिने छ भन्ने हामीलाइ विश्वास छ र नयां नेपाल निर्माणको यो मार्गमा सम्पर्ूण्ा प्रवासी नेपालीहरुलाई ऐक्यवद्धता जाहेर गर्दै अगाडि वढन हामी पुन आव्हान गर्दर्र्छौं ।

संयुक्त नेपाली मोर्चा,युरोप

नेपाली जनजाति सरोकार मञ्च,युरोप

नेपाली जनप्रगतीशिल मञ्च,वेल्जियम

नेपाली समाज युके

नेपाली जनजाति सरोकार मञ्च,वेल्जियम

अन्तराष्ट्रयताबादी नेपाली ऐक्यवद्धता मञ्चर्,जर्मनी

अन्तराष्ट्रयताबादी नेपाली ऐक्यवद्धता मञ्च,स्विटजरल्याण्ड

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, स्विटजरल्याण्ड

नेपाली जनजाति सरोकार मञ्च, स्विटजरल्याण्ड

नेपाली जनप्रगतीशिल मञ्च,प|mान्सनेपाली लोकतान्त्रिक गणतान्त्रिक मोचा््र््र्््,वेल्जियम

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चार्,जर्मनी

नेपाली जनजाति सरोकार मञ्च,नेदरल्याण्डस

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मञ्च,नेदरल्याण्डस

नेपाली समाज रोम,इटाली

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, पोर्चुगल

नेपाली समाज संयोजन समिती, नर्वे

नेपाली जनप्रगतीशिल मञ्च, डेनमार्क

नेपाली जनप्रगतीशिल मञ्च संयोजन समिती,अष्ट्रीया

 

 
 

 

 
 

 

 
 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: