Archive for the ‘फोटो ब्लग’ Category
आजको प्रथम खेल स्विट्जरल्याण्ड र गणतन्त्र चेक् का बिच
June 7, 2008
आज को ओपनिङ खेल स्विट्जरल्याण्ड को बाशेल शहर को सेन्ट ज्याकोब रङ्गसालामा आयोजक राष्ट्र स्विस र गणतन्त्र चेक का बिच भर्खरै सम्पन्न भयो। हजारौं स्विस फुट्बल फ्यान हरु को बिच र घरेलु मैदान मा खेल्न चान्स पाएको स्विस ले मौका को फाईदा भने उठाउन सकेन तर उत्कृष्ट खेल भने प्रदर्सन गर्यो। खेल शुरु भयको ४३ मिनेट मै स्विस का स्ट्राइकर तथा राष्ट्रिय टिमका क्याप्टेन एलेक्स फ्राइ घाइते हुन पुगे भने उनको सट्टामा मैदान मा उत्रियका अर्का स्ट्राइकर हाकान याकिन ले उत्कृष्ट खेल खेले पनि अन्त्यमा कुनै पनि गोल गर्न नसकी चेक सँग १-० को अन्तरले हार्नु पर्यो। आजको खेल शुरु हुनु भन्दा पहिला म रङगशाला र बासल सिटी घुम्न गयको थिय। के देखियो त त्याहा>?कस्तो चहलपहल थियो त बासल मा र सेन्ट ज्याकोब रङ्गशाला ओरिपरी? हेर्न भित्र आउनुहोला। (more…)
स्विट्जरल्यान्डमा बिजयउत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न
May 2, 2008संसार लाई नै चकित पार्दै नेपाल मा हालै सम्पन्न भयको संबिधानसभा निर्वाचनमा नेकपा माओवादी अत्याधिक मत पायर संबिधान सभामा सबै भन्दा ठुलो दल को रुपमा स्थापित भयकाले र नेपाली जनता को भाग्य निर्माणको ढोका खुलेको सन्दर्भमा चारैतिर खुशीयाली छायको छ। र सोही खुशीयाली लाई हामी स्विट्जरल्यान्ड मा बसोबास गरेर नेपाली जनता को मुक्ती को लागि एकाकार गर्दै आयको र सामन्तबाद र सम्राज्यबादका बिरुद्द सङ्घर्श गर्दै आयको अन्तरराष्ट्रियताबादी नेपाली एक्यबद्दता मंच स्विट्जरल्यान्ड को आयोजनामा उल्यख्य सङ्ख्यामा नेपाली हरु तथा स्विस नागरिक का बिच मा अबिरजात्रा सहित को भब्य बिजयउत्सब कार्यक्रम सम्पन्न भयो।
स्विट्जरल्यान्डमा अन्तराष्ट्रिय श्रमिक दिबस भब्यताका साथ सम्पन्न
May 2, 2008अन्तराष्ट्रियताबादी नेपाली एक्यबद्दता मंच(इन्सोफ स्विस) स्विट्जरल्यान्ड,कम्युनिस्ट पार्टि स्विट्जरल्यान्ड ,क्रान्तिकारी मजदुर सङ्गठन स्विट्जरल्यान्ड,कम्युनिस्ट पार्टि टर्की,कम्युनिस्ट पार्टि माओवादी नर्थ कुर्दिस्थान,वर्कर्स पार्टी स्विट्जरल्यान्ड को संयुक्त आयोजनामा ११९ औ अन्तराष्ट्रिय श्रमिक दिबस विश्व का मजदुर एक होऔ भन्ने मुल नारा का साथ स्विट्जरल्यान्ड को राजधानी बर्न मा भब्यताका साथ सम्पन्न भयो।
ब्यापक नेपाली हरु को सहभागिता र मार्क्सबाद,लेनिनबाद,माओबाद र प्रचन्ड पथ जिन्दाबाद,लगायतका ब्यानर का साथ र्याली बर्न को एतिहासिक नगर चितकोलग्य बाट बिहान ९.३० बजे शुरु भई सम्सद भबन हुँदै नगर परिक्रमा गरी कर्न हाउस प्लाज मा गयर सभामा परिणत भयको थियो।
केही रमाइला तस्बिर हरु
April 27, 2008यहाँ हरु बाट कमेन्ट को आसा राख्दछु। कृपया कमेन्ट लेखी मेरो कमी कम्जोरी हरु औलाइदिनु होला। ताकी भबिस्यमा अझै राम्रो तरिका ले ब्लगीङ गर्न सकौ। धन्यवाद। (swissnepal)
ह्याप्पी होली :परिबर्तित काठमाडौं र परिबर्तित होली
March 22, 2008 कुरा २००३ को हो जब मैले काठमाडौं मा होली मनाउने अबसर पायको थिय। त्यती बेला को होली र अहिले को होली मनायको कुरा सुन्दा/ हेर्दा(समाचारहरु मा)केही फरक जस्तो लाग्यो। त्यती बेला म लगायत केही साथी हरु पनि ४ वटा मोटरसाइकल मा करिब सात/आठ जना को समुह बनाएर होली खेल्न निस्केका थियौ। बिहान देखी बेलुकी सम्म होली खेल्दा बडो रमाइलो भएको थियो जो यो बर्ष काठमाडौं मा होली खेलियका समाचार,फोटो, भिडियो हेरेर ताजा भयो। तर त्यो बेला को होली मा र अहिले को होली मा चै केही फरक जस्तो लाग्यो। जे भय पनि त्यो बेला को होली भनेको देसमा युद्द चलेको बेला को थियो भने अहिले देसमा सान्ती छायको छ।त्यै भयर पनि हुन सक्छ यो बर्ष को होली अली उत्साहापुर्बक मनाइयो जस्तो छ .
होली सम्बन्धी केही तस्बिर हरु :





