किन दिने ज्ञानेन्द्र लाई नागार्जुन??
June 4, 2008भर्खरै यसो रेल को यात्रा गर्दै थिय। यात्रा थियो करीब एक घण्टा को। बस्दा बस्दा बोर भयर नेपाल को राजनीतिको बारेमा यसो सोच्दै थिय यतिकै मा यसो एक दुई वोटा कबिता जस्तो लाईन बन्न पुग्यो। हुन त मैले ऐले सम्म कबिता भन्ने कुरा लेखेको छैन,त्यै भयर यो मेरो पहिलो प्रयास लाई यहाँ यस ब्लग का पाठक हरु समक्ष राखेको छु। दिक्क नमानी पढिदिनु होला। र एसो कस्तो छ कमेन्ट गरिदिनु होला ता कि कबिता को संसार को ढोका सधैंको लागि बन्द गर्ने कि खोल्ने भन्ने निर्णय गर्न सकौ। धन्यवाद।स्विसनेपाल ब्लग
गणतन्त्र ल्यायौ भन्थे राजा जोगायछन् ।
एक दरबार खोसेर अर्को दरबार दियछन्।।
सुरक्षा को नाममा एक बटालियन सैनिक पनि दिने भयछन्।।
अब महाराज भन्दै नारायणहिटी को सट्टा नागार्जुन जाने भयछन्।।।
यस्तै पारा हो भने त खोइ अब के पो होला??
खबरदार नेता हरु ज्ञ्याने ले तिमीहरु लाई थाङ्नामा सुताउला।
सम्पत्ति अर्बौ को छरे तै पनि भन्छ चाहियो बासस्थान
निर्मलनिवास पारसलाई ज्ञानेलाई नागार्जुन।।
आन्दोलन गर्न चाहियो सबैलाई जन्ता
अहिले त्यही जनतालाई लत्यायर निर्णय गर्छन् नेता
राजतन्त्रको बिरुद्द भयो जन आन्दोलन्
खबरदार नेताहरु जनादेस मान् (more…)




