रास्ट्रीय र अन्तररास्ट्रीय रुप मा समेत चासो र आलोचना को बिषय बनेको ए नेकपा माओबादी का अध्यक्ष क प्रचण्ड ले किनेको भनेर प्रचार गरिएको लाजिम्पाट स्थित घर किनेको नभई भाडामा लिइएको औपचारिक रुप मा बिज्ञप्ति प्रकासित गरि जानकारी गराइएको छ,प्रचण्ड का निजि सचिब समिर दाहाल ले सनिबार एक बिज्ञप्ति प्रकासित गरि सो घर खरिद गरिएको नभई मासिक १ लाख ३ हजार(राजस्व सहित) तिर्ने गरि भाडामा लिइएको जानकारी गराएका छन,साथै उक्त घर मा प्रचार गरीय जस्तो स्वीमिंग पुल नभयको र सुरक्षा लगाएत का समबेदन सिल बस्तुस्थिति लाइ मध्यनजर गर्दै नया घर मा सर्नु परेको जानकारी दीइएको छ/
बिज्ञप्ति जस्ता को तस्तै>
मितिः २०६८/१०/२१
प्रेस विज्ञप्ति
महान् जनयुद्ध, जनआन्दोलन र शान्ति—प्रक्रियाको नेतृत्व गर्दै आउनुभएका एकीकृत नेकपा(माओवादी)का अध्यक्ष क.प्रचण्डको निजी निवास नयाँबजारबाट लाजिम्पाट सरेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरुमा सर्वसाधारणलाई भ्रम पर्ने गरी आएका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ।
सर्वप्रथम हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति प्रक्रियामा आएदेखि नै काठमाडौंका विभिन्न र पछिल्लो समयमा नयाँबजारस्थित एक घरमा भाडामा बस्दै आउनुभएको कुरा सबैलाई जानकारी भइसकेको विषय हो। उक्त घर सुरक्षा संवेदनशीलताका दृष्टिले उपयुक्त नभएको, विदेशी कुटनीतिक नियोग र विशिष्ट अतिथिहरु आउँदा समेत सडकमै गाडी पार्कीङ गरी हिंडेर जानुपर्ने तथा जनतालाई पर्ने असुविधाले गर्दा तत्काल अन्यत्र राम्रो स्थान र घरमा सर्न विभिन्न पक्ष, र शुभचिन्तकहरुबाट बारम्बार सुझाव आइरहेको थियो। यस सम्बन्धी तात्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरीजाप्रसाद कोइरालाले सुरक्षा संवेदनशीलताका कारण नयाँ र फराकिलो घर खोज्न अनुरोध गरेको कुरा स्मरणीय छ। त्यसपछि करिब दुई वर्ष निरन्तर त्यस्तो घरको खोजी भईरहेको अवस्थामा पार्टी, शुभचिन्तक र सचिवालय समेतको पहलमा लाजिम्पाटमा घर भेटिएपछि उक्त घर उपयुक्त हुने ठानी सरिएको कुरा पनि जानकारी गराउन चाहन्छौं।
अहिले उक्त घर किनेको तथा निवासमा संभ्रान्तवर्गले उपयोग गर्ने विभिन्न सुविधा र स्वीमिङपुलसमेत भएको भनी प्रचारित विषय गम्भीर भएको हामीले ठानेका छौं। सम्पूर्ण करसहितमासिक १ लाख ३ हजारको भाडादरमा लिइएको हालको निवासमा तुलनात्मक रुपमा सुरक्षा, पार्किंङको सुविधाभएको स्पष्ट पार्न चाहन्छौं। तर संभ्रान्तको जस्तो स्वीमीङ पुललगायतका सुविधा भएको भनी गरिएको गोयवल्स शैलीको प्रचारमा गम्भीर षड्यन्त्रको गन्ध हामीले पाइरहेका छौं। यसलाई क.प्रचण्डलाई कुनै न कुनै रुपमा असुरक्षित राख्ने तथा आम कार्यकर्ता र जनपंक्तिमा भ्रम श्रृजना गर्ने षड्यन्त्रको कडीको रुपमा हामीले लिएका छौं।
श्रद्धेय अध्यक्ष र परिवारको बारेमा जसरी प्रचार गरिएको छ त्यो निराधार, कपोलकल्पीत र पुर्वाग्रहपूर्ण छ। क. प्रचण्ड निरन्तर जनताकै बीचमा रहेर क्रान्तिको नेतृत्व गर्नुभएको र अहिले पनि जनताकै निम्ति संघर्षरत रहनुभएको तथ्य स्पष्ट पार्न चाहन्छौं। तसर्थ त्यस्ता कुप्रचारबाट भ्रमित नहुन आम पार्टी कार्यकर्ता र सर्वसाधारणमा अपील गर्दछौं। साथै सत्य तथ्य नवुझी अन्दाज र नियतको आधारमा त्यस्ता भ्रमपूर्ण समाचार प्रचार–प्रसार र प्रकाशन नगरिदिनुहुन र सत्य तथ्यलाई उजागर गर्न सहयोग पुर्याउन पनि सम्पूर्ण मिडियाकर्मी साथीहरुमा अनुरोध गर्दछौं।
नेपाल अहिले इतिहासको अत्यन्तै संगीनपूर्ण संक्रमणमा भएको बेला गरिने यस्ता प्रचारहरु अत्यन्तै संवेदनशील हुने भएकाले यस संवेदनशीलतालाई ख्याल गर्न पनि हामी सबैमा अनुरोध गर्दछौं।
समिर दाहाल
निजी सचिव
अध्यक्ष, एनेकपा (माओवादी)
लाजिम्पाट, काठमाडौं।