”नेकपा माओबादी ले अहिले गर्न लागेको जनपरिचालन र आन्दोलन, सरकार को असफलता सत्ताधारी दल हरु बाटै यो सरकार का बिरुद्द ब्यक्त भयका प्रतिक्रिया फितलो शान्तिसुरक्षा ले पुलिस प्रसासन बिरुद जनमानस मा पैदा भयको अविस्वास बाट सरकार आत्तियको प्रस्ट भान हुन्छ!यस्तो परिस्थिति मा सरकार ले आन्दोलन दबाउन हरदम प्रयास गर्ने देखिन्छ! ”
एकीकृत नेपाल कम्युनिस्ट पार्टी(माओबादी)ले यहि आउदो मे १ तारिक मजदुर दिबस को अवसर पारि घोषणा गरेको आन्दोलन ले कतै हिंसात्मक रुप लिने हो कि भनि सम्पूर्ण सर्बसाधारण नेपालि जनता चिन्तित छन्! हुन पनि यो स्वाभाविकै हो! माओबादी ले बिगत एक बर्ष देखि चर्कायको नागरिक सर्बोच्चता र रास्ट्रीय स्वाधिनता को मुद्दा लाइ सम्बन्धित पक्ष ले सम्बोधन नगर्ना ले यो परिस्थिति आयको कुरा सबै सर्बसाधारण लाइ थाहै भयको कुरा हो! माओबादी को बिगत मा देखियको सान्तिपूर्ण आन्दोलन लाइ देखेर कतिपय ले यो आन्दोलन पनि शान्तिपूर्ण हुने बिस्वास राख्छन भने कतिपय यसले हिंसात्मक रुप लिने कुरामा बिस्वस्त छन.अनि यस आसंका लाई बल पुर्यायको छ नेकपा माओबादीको खुल्ला ”अर्धसैनिक तालिम” र नेपालि सेना को चलखेल,सरकार ले उच्च सतर्कता अपनाउनु तथा हुदा हुदा आज त नेकपा एमाले का युबा संगठन का अध्यक्ष महेश वस्नेतसहितका नेताहरु र सैनिक जर्नेल हरु संग भयको गोप्य बार्ता ले! तर के यो सबै शान्तिप्रक्रिया भाडिने संकेत हुन् त?पक्कै हुन सक्छन!नेपाल को दुर्भाग्य भनौ कि के जबसम्म २/४ जाना नेपालि जनता को रगत सडक मा पोखिदैन तब सम्म सरकार ले जनता को माग लाइ सम्बोधन गर्दैन!हो सान्ति प्रक्रिया मा आयको माओबादी ले शान्तिपुर्बक आन्दोलन गर्नु पर्छा र शान्तिपूर्ण आन्दोलन मा बिश्वास पनि गर्नु पर्दछ.तर के त्येसो भन्दै मा बिगत मा भयका आन्दोलन लाइ बिर्सन मिल्छ?शान्ति पूर्ण आन्दोलन को कुरा गर्दा माओबादी ले बिगत मा गरेको सडक आन्दोलन नेपाल को इतिहास मा एउटा कोसे ढुंगा साबित भयको छ.इतिहास मै त्यति ठुलो र त्यतिको सान्तिपूर्ण आन्दोलन हरु सायदै भय होलान!तर उपलब्धि के भयो त?सरकार को लाचारी पन र माधब नेपालको सत्ता लिप्सा ले गर्दा आज देस फेरी द्वन्द तिर धकेलिदै छ भने त्येस मा साथ दियका छन भारत,अमेरिका लगायत का देस हरु ले!अनि विधा भण्डारी र केपी ओली जस्ता स्वघोषित कम्युनिस्ट नेता हरु ले!
नेपालि जनता ले देस मा शान्ति र सुशासन र अमन चयन चाहेका छन्,त्यसै को लागि भनेर यत्रो जम्बो संबिधान सभा खडा गरियो जुन नेपाल जस्तो गरिब देस को क्षेमता भन्दा बाहिर को कुरा थियो,एक त गरिब रास्ट्र त्यस माथि त्येत्रो जम्बो संसद र त्येसको भरण पोषण(तलब भत्ता आदि) त्यै पनि नेपालि जनता ले यो भार लाइ थेगे मात्र शान्ति र अमन चैन तथा भोलि को उज्वल भाबिस्य को लागि तर अहिले आयर न त्यो जम्बो टोलि ले केहि काम गर्यो न त अबका दिन मा गर्ने वाला छ.जनताले माओबादी लाइ सरकार बनाउने र संबिधान बनाउन दियको म्यान्डेट माथि तुसारापात भयो अनि बनाइयो दुइ दुइ ठाउँ बाट चुनाब हारेको प्रधान मन्त्रि,अनि जनमत प्राप्त दल लाइ प्रतिपक्ष मा पारि सुरु भयो सड्यन्त्र!
नेकपा माओबादी ले अहिले गर्न लागेको जनपरिचालन र आन्दोलन, सरकार को असफलता सत्ताधारी दल हरु बाटै यो सरकार का बिरुद्द ब्यक्त भयका प्रतिक्रिया फितलो शान्तिसुरक्षा ले पुलिस प्रसासन बिरुद जनमानस मा पैदा भयको अविस्वास बाट सरकार आत्तियको प्रस्ट भान हुन्छ!यस्तो परिस्थिति मा सरकार ले आन्दोलन दबाउन हरदम प्रयास गर्ने देखिन्छ!यदि त्येसो भयमा जनधन को ठुलो क्षेती नेपालि जनता ले व्यहोर्नु पर्ने हुन सक्छ,यस्तो परिस्थिति हुन नदिन सरकार लचिलो हुनु जरुरि छ,माओबादी को बिगत का आन्दोलन लाइ हेरेर तथा जनताको अभिमत लाइ सरकार ले यदि कुल्चने प्रयास गरे र माओबादी को लचकतालाई उसको कमजोरी ठानेर दबाउने प्रयास गरीय नेपालि जनता अब चुप लागेर बस्ने छैनन्,यदि यस्तो घडी मा अझ नेपालि सेनामा नया भर्ना प्रक्रिया को थालनी गर्नु भनेको आगो मा घ्यु थप्नु जत्तिकै हुने प्रस्ट छ!त्यै भयर यदि सरकार अलिकति पनि जनता र देस प्रति बफादार छ भने तुरुन्त समस्याको समाधान निकाल्नु जरुरि छ र समस्या को समाधान बार्ता बाट निकाल्नु नै सबै को लागि उत्तम हुने देखिन्छ,मेरो गोरुको बार्है टक्का कुनै पनि दल र सरकार ले गर्नु हुदैन,केहि पाउन केहि गुमाउनु पर्छा भने जस्तै माओबादी र सरकार दुवै यो कुरा मा लचिलो हुनु पर्दछ र समयमा संबिधान बनाउन पट्टि लाग्नु नै बेस हुन्छ ! पछी पछुताउनु भन्दा अहिले नै बुद्दी पुर्याउनु नै सबै को लागि उत्तम हुने छ!याद रहोस जहा दमन हुन्छ त्यहा प्रतिरोध हुन्छ,आशा गरौ देस सान्तिपूर्ण बाटोमा अघि बढ्ने छ र नेपालि जनता ले चाहेको संबिधान बेलामा बन्नेछसबै को जय होस!!!!(यो बर्तमान नेपालि राजनीतिमा मेरो सानो बिस्लेसन मात्र हो,गल्ति भय माफ:-aasish)
Advertisement