आस्था
बर्न, स्विट्जरल्यान्ड
१ मे २००९
संसार भरिका एक मजदुर हौं भन्ने मुल नाराका साथ १२० औं अन्तरास्ट्रिय मजदुर दिवस सदा झैं यस बर्ष पनि नेपाली एक्यबद्दता मन्च(नेसोफ स्विस) स्विट्जरल्यान्डले एकै पटक जुरिच,जेनेभा र बर्नमा भब्य प्रदर्शन गर्यो । बर्नको कार्यक्रमको नेत्रित्व संगठनका अध्यक्ष अशोक चौलागाईले गर्नु भयको थियो। त्यस्तै जुरिच को उपाध्यक्ष पुष्प सुबेदिले गर्नु भयको थियो भने जेनेभाको महासचिव कमल के सि ले गर्नु भयको थियो।
स्विट्जरल्यान्डमा भएका बिभिन्न संगठन हरुको संयुक्त रुपमा आयोजना गरियको र्यालीमा अन्तरास्ट्रिय मजदुर एकता जिन्दाबाद ,साम्राज्यबाद् तथा पुंजिबाद मुर्दाबाद जस्ता नाराहरु लगाईयको थियो । बर्नको एतिहाशिक शहर चिटकोलग्गे बाट शुरु भएको जुलुस नगर परीक्रमा गरी संशद भवन अगाडि गएर आम सभामा परीणत भयको थियो ।

मजदुर दिवसको सन्दर्भ पारेर बर्न को संशद भवन अगाडि गरिएको प्रदर्शनी मेलामा नेपाली एक्यबद्दता मन्च (नेसोफ स्विस) स्विट्जरल्यान्डले नेपाली जनयुद्ध सम्बन्धी पुस्तक ,पोस्टर तथा पर्चा हरु प्रदर्शनी गरेको थियो भने दर्शक हरुले रुचिका साथ अवलोकन गर्नुका साथै नेपाली जनयुद्ध सम्बन्धी जिज्ञाशा राखेका थिए ।

तेसै गरी जुरिचमा भयको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी प्रशासन सँगको झडपमा प्रहरीले पानीको फोहोरा र रबरको गोली चलाएको थियो।




