२६ अप्रिल २००९
स्विट्जरल्यान्डमा रहेका नेपालीहरुको ह्क हितको लागि र नेपालमा सामन्तबाद,बिस्तारबाद र साम्राज्यबादको बिरुद्धमा लामो समयदेखी निरन्तर संघर्ष गर्दै आई रहेको संघठन नेपाली एक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्डले २४ अप्रिल २००९ शुक्रबारका दिन जेनेभा स्थित नेपाली दुताबासमा प्रधानसेनापती रुक्माङगत कटुवाललाई बर्खास्त गरी कारबाहीको माग गर्दै एक बिरोध कार्यक्रम को आयोजना गरी नेपाली दुताबासका महामहिम राजदुत डा. दिनेश भट्टराई समक्ष नेपाल सरकारका प्रधानमन्त्रिलाई सम्बोधित एक ज्ञापन पत्र बुझाएको छ।
उक्त ज्ञापन पत्रमा भनिएको छ जन निर्वाचित सरकारको आदेश पटक पटक लत्याउने मात्रै नभै चुनौती पनि दिदै नेपाली सेनाका सेनापती रुक्माङगत कटुवालले सेनालाई सरकारको मातहतमा होइन समान्तर शक्ती केन्द्रको रुपमा प्रस्तुत गर्न खोजेको ,सैनिक अधिनायक लादन कुस्ठित मनसायले समयमै संबिधान बन्न नदिने चाहे त्यो सरकारको निर्देशन बिपरित सेनामा नयाँ भर्ती लिनु , आठ जना जर्नेलहरुको अवकास होस चाहे स्पस्टिकरण सोधियको होस वा जनमुक्ती सेना सम्मिलित खेलबाट नेपाली सेना फिर्ता बोलाउने साथै नागरिक सर्बोच्चताको अपमान गर्दै नेपाल सरकारको आदेश पालना नगर्ने प्रधान सेनापती रुक्माङत कटुवाल लाई छिटो भन्दा छिटो पद बाट बर्खस्त गरी कार्वाही गर्नको लागि नेपाल सरकारको सम्मानित प्रधानमन्त्री समक्ष अनुरोध गर्दछौ ।
बिरोध कार्यक्रमको नेत्रित्व नेपाल बाट UN को कार्यक्रममा भाग लिन आउनु भयका एकीकृत नेकपा माओवादीका सभासद बिनोद पहाडीले गर्नु भएको थियो । उक्त ज्ञापन पत्र लाई संगठनका महासचिव कमल के सी ले पढेर सुनाउनु भयको थियो भने ज्ञापन पत्र संघठन का अध्यक्ष अशोक चौलागाइले महामहिम राजदुत डा दिनेस भट्टराई लाई हस्तान्तरण गर्नु भयको थियो । 
ज्ञापन पत्रलाई तुरुन्तै फ्याक्स मार्फत सम्मानानीय प्रधानमन्त्रीलाई पठाउने र सक्कल प्रती जती सक्दो छिटो सम्बन्धित ठांउमा पठाउने प्रतीबद्दता महामहिम राजदुत भटट् राइले ब्यक्त गर्नु भयो । सरकारले प्रतिबद्दता गरेका शान्ती प्रकृया तार्किक निस्कर्षमा पुर्याउनु, नयाँ संबिधान निर्माण र गणतन्त्र संस्थागत गर्दै आर्थिक निती कार्यक्रम कार्यन्वयन गर्ने जस्ता काममा हामी सबैले आ-आफ्नो ठाउँ बाट सहयोग पुर्याउन आग्रह गर्नु भयो ।



कार्यक्रम लाई सम्बोधन गर्दै सभासद बिनोद पहाडीले प्रबाशमा रहेर पनी नेपालीहरुलाइ एकीकृतगर्दै देश र जनता प्रती संघठनले निभाउदै आयको भूमिका प्रती खुशी ब्यक्त गर्नु भयो तथा गणतन्त्र स्थापनाको लागि भयको शाहीद हरुको बलिदानीलाई आत्मसाथ गर्दै त्यसका उपलब्धी हरुलाई संस्थागत गर्नु पर्ने तथा प्रतिगामिहरुका चलखल बिरुद्ध संघर्ष जारी राख्नु पर्ने कुरा बताउनुभयो।
साथै ज्ञापनपत्रको बोधार्थ रक्षा मन्त्रालय र नेपाली दुताबास जेनेभा लाई पनि दिईयको छ।
news and photos by:ASTHA bern