प्रधानसेनापती कटुवाल नागरिक सवोच्चताको सम्मान गर:युरोपस्थित प्रगतिशील संगठनहरु

By swissnepal

 

           नेपाल सरकारको निर्देशनलाई पटक पटक लत्याउंदै नेपाली संघीय ल्ँँेकतान्त्रिक गणतन्त्रको मुल्य र मान्यतालाई चुनौति दिंदै आएका नेपाली सेनाका प्रधानसेनापति रुक्मागत कटुवालको जनविरोधी हर्कत र नेपाललाई फेरी द्धन्दमा लैजाने जमर्को प्रति हामी युरोपस्थित प्रगतिशील संगठनहरुको गम्भिर ध्यानाकर्षा भएको छ।

न्ोपाल द्धन्दवाट शान्ति प्रकृयामा प्रवेश गरेपछि सम्पन्न ब्ाृहत शान्ति सम्झौता र संयुक्त राष्ट्रसंघको मान्यता विपरित र लोकतान्त्रिक प्रकृयावाट वनेको नेपाल सरकारको निर्देशन विपरित नेपाली सेनामा नयां भर्ति लिनु,रक्षा मन्त्रालयले नियमानुसार अवकास दिएका नेपाली सेनाका जर्नेलहरुलाई आफ्नो मनोमानी ढंगले पद वहाली गराउनु र नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापना गराउन नेपाली सेना र जनसेनाको वीचमा भावनात्मक सम्वन्ध वढाउने हेतुले नेपाल सरकारले जनसेनालाई पाचौं राष्ट्रिय खेलकुदमा भाग लिने निर्ण्र्ाााई सहर्षनस्वीकारी आफ्ना माताहतका खेलाडीलाई खेलनै वहिष्कार गर्न लगाएर कटुवालले नेपाली लोकतन्त्रलाई खिल्ली उडाएका छन् । यी घटना क्रमहरुले उनी नेपाली जनताको चाहना र लोकतान्त्रिक पद्धति अनुसार चल्ने भन्दा पनि सैन्य शाषन तर्फउन्मुख भएका छन भन्ने कुरा प्रमाणित भएका छन् ।

यस्ता संवेदनशील विषयहरुमा नेपाल सरकारले कटुवालसंग स्पष्टिकरण लिएको विषयलाई स्वभाविक र लोकतान्त्रिक पद्धतिको रुपमा र उक्त विषयमा कटुवालले दिएको स्पष्टिकरण नागरिक सर्वोच्चताको विपरित भ्रामक ,कपोलकल्पित र राष्ट्रहितमा नभै देशलाई गम्भिर व्दन्दमा लैजाने संकेतको रुपमा हामीले लिएका छौं ।

यी विषयवस्तुहरु विल्कुल प्रशाषनिक र रक्षा मन्त्रालयको अधिकार क्षेत्रमा हुंदाहुंदै पनि नेकपा माओवादीको नेतृत्वको सरकारले नेपाल सरकारको मन्त्रि परिषद र सवै राजनैतिक दलहरु त्ाथा आलंकारिक राष्ट्रपति संग समेत छलफल गरी स्पष्टिकरण लिएको विदितै हुदा हुदै पनि साम्राज्यवादी र विस्तारवादीको निर्देशनमा नेपाली जनताको आंखामा धुलो छ्याप्दै आफ्नो सत्ता जोगाउने वानी परेका नेपाली कांग्रेस,नेकपा एमालेका केपी ओली गुट जस्ता जनविरोधी तत्वहरु फेरी पनि कटुवाल जस्तो लोकतन्त्रको खिल्लि उडाउने पात्रको र्समर्थनमा सल्वलाएका छन् ।यस्तो जनविरोधी कृयाकलाप र अनावस्यक राजनितिकरणको हामी घोर भर््रर्त्सना गर्दछौं।

न्ोपाल सरकारको कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रि र मन्त्रिपरिषदको निर्ण्र्ााअनुसार नेपाल सरकारले कटुवालसंग लिएको स्पष्टिकरणको विषयलाई लिएर आफ्नो दलको दवावमा परेर नेपालका आलंकारिक राष्ट्रपतिले प्रधान मन्त्रिलाई प्रधान सेनापतिको पक्षमा निर्देश गर्नुले नेपालका राष्ट्रपतिले पनि नेपाली संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वोच्चताका खिल्ली उडाएका छन् र उनी आम नेपाली जनताको नभै नेपाली कांग्रेसको मात्र राष्ट्रपति वन्न पुगेका छन्।हामी नेपालका राष्ट्रपतिलाई नेपाली जनताको राष्ट्रपतिको रुपमा प्रस्तुत हुन र नागरिक सर्वोच्चताको सम्मान गर्न आहृान गर्दछौं ।

नेपाली जनताका महान छोराछोरीको वलीदानीवाट प्राप्त नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रमाथी खेलवाड गर्ने नेपाली सेनाका सेनापतिमाथी तुरुन्त कार्वाही गर्न हामी नेपाल सरकार संग जोडदार माग गर्दछौं ।यो विषय लोकतन्त्र र जनहितसंग प्रत्यक्ष सरोकारको विषय भएकोले कसैको दवावमा नपर्न र नेपाली जनताको पक्षमा दृढ रहन पनि नेपाल सरकारलाई हामी आग्रह गर्दछौं ।

यस्ता प्रतिकृयावादी तथा जनविरोधी गतिविधीहरुको विरुद्ध नेपाली जनताले सचेत ढंगले आन्दोलन थालीसकेका छन् र यस्ता आन्दोलनहरुमा हाम्रो सदैव र्समर्थन र ऐकवद्धता रहने छ ।यो प्रकृयालाई सरलीकृत गर्नका लागि यसका मुख्य पात्र कटुवाललाई यथास्रि्र आफ्नो पदवाट राजीनामा दिन हामी यसै वक्तव्य मार्फ आहृान गर्दछौं ।यदि यस प्रकृयालाई जटिल वनाउंदै लगेमा यसको समाधानको लागि नेपाली जनताले फेरी एकपटक आन्दोलनको आंधीवेहरी सृजना गर्न अपरिहार्य छ र त्यो आन्दोलनमा र्समर्थन र सहयोग गर्न तथा सहभागी हुन हामी सम्पर्ुण्ा प्रवासी नेपालीहरुलाई यसै वक्तव्य मार्फ आहृान गर्दछौं।

संयुक्त नेपाली मोर्चा, युरोप

अध्यक्ष नवीन सापकोटा

नेपाली जनजाति सरोकार मञ्च,युरोप

अध्यक्ष राम वहादुर गुरु‹

नेपाली जनप्रगतिशिल मंच, बेल्जियम

अध्यक्ष विष्णु भुजेल

नेपाली प्रगतिशील महिला मंच,वेल्जियम

अध्यक्ष कल्पना मगर

नेपाली जनजाति सरोकार मंच, वेल्जियम

अध्यक्ष गम वहादुर गुरु‹

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियम

अध्यक्ष ः कृष्ण तिवारी

मगर राष्ट्रिय मुक्ति मोर्चा,नेपाल इकाई समिति वेल्जियम

संयोजक कुल व मगर

नेपाली जनप्रगतिशिल मंच, फ्रान्स

अध्यक्ष अशोक घले,

अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंचर्,जर्मनी

अध्यक्ष प्रभाकर शर्मा

नेपाली ऐक्यवद्धता मंच,स्वीट्जरल्याण्ड

अध्यक्ष अशोक चौलागाई

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, पोर्चुगल

अध्यक्ष राम व गौचन

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, नेदरल्याण्ड

संयोजक तुलसी अंगाई

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी

अध्यक्ष गंगालाल श्रेष्ठ

नेपाली जनप्रगतिशिल शान्ति समाज अष्ट्रिया

अध्यक्ष राजेस खतिवडा

नेपाली समाज युके सम्मेलन आयोजक समिति

संयोजक सुरेश गौतम

नेपाली जनप्रगतिशिल मंच, स्पेन

अध्यक्षर् इश्वर शर्मा

नेपाली समाज नर्वे

स्ांयोजक डा कृष्ण अर्याल

न्ोपाली जनप्रगतिशील मंच,डेनमार्क

संयोजक उदय राज गौतम

मिति २४ अप्रिल २००९

Leave a Reply