विश्व आर्थिक मन्च (World Economic Forum) को वार्षिक बैठक २८ जनवरी देखी १ फेब्रुअरी २००९ सम्म स्विट्जरल्याण्ड को दाबोस(DAVOS)मा हुन गइरहेको छ । उक्त सन्दर्भमा अमेरिकि तथा यूरोपियन साम्राज्यबादी मुलुकहरुले विश्व अर्थतन्त्र लाई आफ्नो बसमा पारेर संसार भरिका मजदुर तथा मुक्तिकामी जनता लाई चरम गरिवीको मुखमा धकेल्नको लागि गरिने यस बैठकको बिरोधमा साम्राज्यबाद बिरोधी संघ,संगठनहरु द्वारा स्विट्जरल्याण्डको प्रख्यात शहर जेनेभामा यही आउदो ३१ जनवरी २००९ का दिन आयोजना हुन गैइरहेको भब्य बिरोध सभामा सहभागी हुन र मुक्तिकामी जनताको आन्दोलन लाई एक्यबद्दता जनाउनको लागी स्विटजरल्यान्डमा बस्नु हुने सम्पूर्ण प्रगतिशिल नेपाली/बिदेशी दिदी बहिनी तथा दाजु भाईहरुमा नेपाली एक्यबद्दता मन्च(नेसोफ स्विस)स्विट्जरल्याण्डले हार्दिक अनुरोध गरेको छ।
नेसोफ स्विस ले यसको स्थापना काल देखी नै साम्राज्यबादबिरोधी बिरोध प्रदर्सन मा आफ्नो ससक्त सहभागिता जनाउदै आयको छ।
बिरोध कार्यक्रम
स्थान:- rue du mont Blance , GENEVA
मिती:- शनिबार ३१ जनवरी २००९
समय :- १४:00 बजे
थप जानकारीको लागि संपर्क :-
अशोक चौलागाइ :- ००४१७६४६६७१८४
कमल के सि :- ००४१७८८९००२३३
पुष्प सुबेदी :- ००४१७८७१२१३५६
ज्योति भुसाल :- ००४१७८७२९९०४१