जेठ १५ गते गणतन्त्र दिबस////
यही आउदो जेठ १५ गते अर्थात मे २८ तारिक का दिन नेपाल मा संबिधान सभा को पहिलो बैठक बस्दै छ। अन्तरिम संबिधान २०६३ अनुसार संबिधान सभाको पहिलो बैठक ले नेपाल मा गणतन्त्र को धोषणा तथा त्यस को कार्यन्वयन गर्ने छ भनी लेखियको छ।सोही संबिधान अनुसार र केही दिन अघी संबिधान सभा बैठक मा प्रतिनिधित्व गर्ने २५ दल को बैठक मा समेत नेपाल लाई गणतान्त्रिक राज्य घोषणा गर्ने सहमति भै सकेको छ।
त्यस्तै केही दिन अघी बसेको सात राजनीतिक दल को बैठकले संबिधान सभाको पहिलो बैठक जेठ १२ गते देखी १५ गते सम्ममा बोलाउने जिम्मा प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालालाई दिएको थियो। सोही सहमति अनुसार आज प्र म कोइरालाले संबिधान सभाको पहिलो बैठक जेठ १५ गते लाई बोलाउनु भयको हो। उहाले आज संबिधान सभामा प्रतिनिधित्व गर्ने २५ ओटै दल लाई पत्र लेखी संबिधान सभाको बैठक यही जेठ १५ गते दिनको ठीक ११ बजे नयाँ बानेश्वोर स्थित बिरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र को सगरमाथा हल मा बस्ने कुरा बतायका हुन।
संबिधान सभा बैठक सगरमाथा हल मा बस्ने भय पछी त्यहा को मर्मत सम्हार कार्य तिब्रताका साथ भैरहेको छ। सो मर्मत कार्य जेष्ठ सात गते सम्म मा सकिने कुरा त्यहा कार्यरत एक कर्मचारी ले बतायका छन। सो हल मा भयका दुइ तल्ला मध्य पहिलो तल्ला मा केही सिट सङ्ख्या थप गरी सभासद हरु लाई बस्ने ब्यबस्था गरिने छ भने दोस्रो तल्ला मा चाँही बिदेसी कुतनितिक नियोग का कर्मचारी,पत्रकार,दर्सक लगायत लाई बस्ने ब्यबस्था गरिने छ।सो मर्मत कार्य को लागि करीब छ करोड रुपैया खर्च लाग्ने अनुमान गरियको छ। भने सो अत्याधुनिक सुबिधा सम्पन्न हल चीन सरकार को अनुदान सहयोग मा सन १९९३ मा निर्माण गरियको हो। अझै यहाँ रोचक कुरा त के छ भने स्व.राजा बिरेन्द्र को नाम मा रहेको सो अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बाटै २३९ बर्ष पुरानो सामन्ती राज्यसत्ता को अन्त्य भयको घोषणा गरिदै छ।
May 22, 2008 at 11:54 pm
गणतन्त्र नेपाल को लागि अग्रिम शुभकामना
तर पनि के गर्ने मित्र नेपाल हो अन्तिम मा जे पनि हुन सक्छ। अब काङ्रेस र एमाले को ताल त थाहै होला क्यारे। अब एस्तो बेला मा अब माओवादीलाई अगागी बड्न नदिने र राजनीतिक स्वार्थ पुरा गर्न लागि परेका छन। जे होस आसा गरौ गणतन्त्र चै घोषणा हुन्छ होला।
रबिन्द्र