Archive for May 13th, 2008

जेठ १५ गते गणतन्त्र दिबस////

May 13, 2008

                         यही आउदो जेठ १५ गते अर्थात मे २८ तारिक का दिन नेपाल मा संबिधान सभा को पहिलो बैठक बस्दै छ। अन्तरिम संबिधान २०६३ अनुसार संबिधान सभाको पहिलो बैठक ले नेपाल मा गणतन्त्र को धोषणा तथा त्यस को कार्यन्वयन गर्ने छ भनी लेखियको छ।सोही संबिधान अनुसार र केही दिन अघी संबिधान सभा बैठक मा प्रतिनिधित्व गर्ने २५ दल को बैठक मा समेत नेपाल लाई गणतान्त्रिक राज्य घोषणा गर्ने सहमति भै सकेको छ। 
                           त्यस्तै केही दिन अघी बसेको सात राजनीतिक दल को बैठकले संबिधान सभाको पहिलो बैठक जेठ १२ गते देखी १५ गते सम्ममा बोलाउने जिम्मा प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालालाई दिएको थियो। सोही सहमति अनुसार आज प्र म कोइरालाले संबिधान सभाको पहिलो बैठक जेठ १५ गते लाई बोलाउनु भयको हो। उहाले आज संबिधान सभामा प्रतिनिधित्व गर्ने २५ ओटै दल लाई पत्र लेखी संबिधान सभाको बैठक यही जेठ १५ गते दिनको ठीक ११ बजे नयाँ बानेश्वोर स्थित बिरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र को सगरमाथा हल मा बस्ने कुरा बतायका हुन। (more…)