गणतान्त्रिक शुभकामना
May 29, 2008
नेपाल मा २३८ बर्ष देखी यकलौटी राज गर्दै आयको सामन्ती राजतन्त्र को आजदेखी बिधिबत रुप मा अन्त्य भयको छ। राजतन्त्र को अन्त्य सँगै अब नयाँ नेपाल निर्माण गर्ने सुनौलो ढोका खुलेको छ भने अब देसको प्रमुख सामान्य जनताको छोरा छोरी हुने छन।आज बसेको संबिधान सभाको प्रथम बैठक ले नेपाल लाई संघिय लोकतान्त्रिक गणतन्त्र हुने घोषणा र त्यसको तुरुन्तै कार्यन्वयन गर्न सरकार लाई निर्देशन दियको छ भने राजा ज्ञानेन्द्र लाई आजका मितिले १५ दिन भित्र दरबार छोड्न आदेस दियको छ। अब राजा हरु ले हैकम गर्दै आयको नारायणहिटी दरबार लाई राष्ट्रिय सङ्ग्रहलय बनाउने निर्णय पनि आजको संबिधान सभाको बैठक ले गरेको छ। भने अब केही दिन मै नारायणहिटी मा फर्फरायको राजतन्त्र को झन्डा लाई फालेर त्यहा नेपाल को झन्डा लगाइने ब्यबस्था पनि गरिने छ।
संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भयको उपलक्षमा स्विस नेपाल ब्लग का सम्पूर्ण पाठक हरु लाई हार्दिक बधाई। तथा नयाँ नेपाल, संघिय गनतान्त्रिक नेपाल आगामी दिन मा प्रगती तर्फ लागोस र नेपाली जनता ले शान्ती र अमन को सास लिन पाउन भन्ने कामना गर्दछु।
नेपाल लाई सामन्ती राजतन्त्रको पन्जा बाट मुक्त गराउन आफ्नो अमुल्य जिबन को बलिदान गर्नु हुने सम्पूर्ण वीर शहिद हरु को सपना आज साकार भयको छ,।
वीर सहिदहरु अमर रहुन
सँघिय लोकतान्त्रिक गणतन्त्र नेपाल -जिन्दाबाद


