लोकगायक कृष्ण बिक्रम थापामा हार्दिक स्रदान्जली…..

                सिन्धुली जिल्ला को रतनचुरा गाबिस मा करिब ६३ बर्ष अगाडि जन्मनु भयका चर्चित लोकगायक कृष्ण बिक्रम थापा को आज उपचारको को क्रम मा काठमान्डौ को वीर अस्पातल मा निधन भयको छ। समाचार श्रोत हरु का अनुसार उहा बिगत केही दिन देखी झाडा पखाला को रोगबाट पीडित हुनुन्थ्यो र बिगत केहीदिन देखी वीर अस्पताल मा उपचार गराइरहनु भयको थियो।         

                   सिन्धुली जिल्ला को बिकट गाउमा जन्मेर पनि उहाले लोक गीत को माद्यमबाट कयौ योगदान दिनु भयको छ। २०३६ सलमा उहाले रेडियो नेपाल मा रेकर्ड गराउनु भयको पहिलो गीत”सिन्धुली गढि घुमेर हेर्दा सुन्तली माइ कती न राम्रो दरबार मार्यो नि मायाले मार्यो”भन्ने गीत अझै पनि चर्चित छ भने सो को माद्यम बाट उहाले सिन्धुली जिल्ला र एतिहासिक सिन्धुली गढि लाई नेपाल भरी चिनाउनु भयको थियो। उहाका तोरी लाहुरे, खैजेडी भजन,नेपाल रिमझिम जस्ता थुप्रै चर्चित एल्बम हरु पनि बजार मा आयका थिय,

           रक्सी का पारखी भनेर जिल्ला मा चिनिने थापा को जिबनस्तर भने त्यती माथि उठेको पाइदैन। भने उनी प्राय रक्सी खर्च अरु सँग मागेर नै चलाऊने गर्दथे। भने कयौ बितरकहरु ले पनि क्यासेट बेचेर पैसा दिदैनथिय भने अहिले भर्खरै रिमिक्स निकालियको सिन्धुली गढि घुमेर हेर्दा भन्ने गीत को सम्म पनि रिमिक्स निकाले बापत उनलाई दिनुपर्ने पैसा सम्बन्धित ब्यक्ती ले नदियको कुरा उनी बारम्बार गर्दथे। जे भय पनि अब उनी यो संसार मा रहेनन तर उनले नेपाली लोकगितलाई यहाँ सम्म ल्याउन गरेको योगदान सबै नेपाली ले कैले भुल्ने छैनन र सिन्धुली लाई दियको योगदान पनि सिन्धुली बासी ले कहिल्यै भुल्ने छैनन।
  अन्त्यमा लोक गायक कृष्ण बिक्रम थापा मा हार्दिक स्रदान्जली तथा सोक सन्तप्त् परिवार प्रती हार्दिक समबेदना ।।।।।।।
    
            

One Response to “लोकगायक कृष्ण बिक्रम थापामा हार्दिक स्रदान्जली…..”

  1. Tilak Says:

    congratulation for this creative job. keep it on. wish u all the best.

Leave a Reply