Archive for April, 2008

केही रमाइला तस्बिर हरु

April 27, 2008

         यहाँ हरु बाट कमेन्ट को आसा राख्दछु। कृपया कमेन्ट लेखी मेरो कमी कम्जोरी हरु औलाइदिनु होला। ताकी भबिस्यमा अझै राम्रो तरिका ले ब्लगीङ गर्न सकौ। धन्यवाद। (swissnepal)

(more…)

लोकगायक कृष्ण बिक्रम थापामा हार्दिक स्रदान्जली…..

April 23, 2008

                सिन्धुली जिल्ला को रतनचुरा गाबिस मा करिब ६३ बर्ष अगाडि जन्मनु भयका चर्चित लोकगायक कृष्ण बिक्रम थापा को आज उपचारको को क्रम मा काठमान्डौ को वीर अस्पातल मा निधन भयको छ। समाचार श्रोत हरु का अनुसार उहा बिगत केही दिन देखी झाडा पखाला को रोगबाट पीडित हुनुन्थ्यो र बिगत केहीदिन देखी वीर अस्पताल मा उपचार गराइरहनु भयको थियो।         

                   सिन्धुली जिल्ला को बिकट गाउमा जन्मेर पनि उहाले लोक गीत को माद्यमबाट कयौ योगदान दिनु भयको छ। २०३६ सलमा उहाले रेडियो नेपाल मा रेकर्ड गराउनु भयको पहिलो गीत”सिन्धुली गढि घुमेर हेर्दा सुन्तली माइ कती न राम्रो दरबार मार्यो नि मायाले मार्यो”भन्ने गीत अझै पनि चर्चित छ भने सो को माद्यम बाट उहाले सिन्धुली जिल्ला र एतिहासिक सिन्धुली गढि लाई नेपाल भरी चिनाउनु भयको थियो। उहाका तोरी लाहुरे, खैजेडी भजन,नेपाल रिमझिम जस्ता थुप्रै चर्चित एल्बम हरु पनि बजार मा आयका थिय,

           रक्सी का पारखी भनेर जिल्ला मा चिनिने थापा को जिबनस्तर भने त्यती माथि उठेको पाइदैन। भने उनी प्राय रक्सी खर्च अरु सँग मागेर नै चलाऊने गर्दथे। भने कयौ बितरकहरु ले पनि क्यासेट बेचेर पैसा दिदैनथिय भने अहिले भर्खरै रिमिक्स निकालियको सिन्धुली गढि घुमेर हेर्दा भन्ने गीत को सम्म पनि रिमिक्स निकाले बापत उनलाई दिनुपर्ने पैसा सम्बन्धित ब्यक्ती ले नदियको कुरा उनी बारम्बार गर्दथे। जे भय पनि अब उनी यो संसार मा रहेनन तर उनले नेपाली लोकगितलाई यहाँ सम्म ल्याउन गरेको योगदान सबै नेपाली ले कैले भुल्ने छैनन र सिन्धुली लाई दियको योगदान पनि सिन्धुली बासी ले कहिल्यै भुल्ने छैनन।
  अन्त्यमा लोक गायक कृष्ण बिक्रम थापा मा हार्दिक स्रदान्जली तथा सोक सन्तप्त् परिवार प्रती हार्दिक समबेदना ।।।।।।।
    
            

स्विट्जरल्याण्डमा मजदुर दिबस तथा बिजय उत्सब मनाउने

April 21, 2008

               अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मंच(इन्सोफ स्विस),स्विट्जरल्यान्डले यही आउदो मे १ तारिक का दिन ११९ अौ अन्तरराष्ट्रिय मजदुर दिबस भब्यताका साथ मनाउन  स्विट्जरल्यान्डको राजधानी बर्न मा सोही दिन उपस्थित हुन को लागि सम्पूर्ण प्रगतिशिल नेपाली हरु मा अनुरोध गर्दछौ। साथै उक्त दिन बिश्व लाई चकित पार्दै भयको संबिधान सभा चुनाव मा लामो समय देखी नेपाली जनता को मुक्ती को लागि सङ्घर्षरत नेकपा माओवादी अत्याधिक बहुमत का साथ बिजयी भयको सन्दर्भमा हामी प्रबास मा रहेका नेपाली हरु मा अत्यान्त खुशी र हर्सित भयका छौ।

      प्रबासी नेपाली हरु नेपाली सामन्तबादी राज्यसत्ताको बिरुद्द नेपाली जनताले चलायको मुक्तिकामी आन्दोलनमा प्रबासमा रहेर पनि एकाकार गर्दै आयको कुरा सर्बबिधितै छ।त्यसैले अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मंच (इन्सोफ स्विस),स्विट्जरल्यान्डको आयोजनामा भर्खरै सम्पन्न संबिधानसभाको चुनाव मा नेपाली जनताले जारी गरेको अभीमतलाई सम्मानार्थ र स्वागत गर्नको लागि सोही दिनमानै बिजय उत्सब मनाउने कार्यक्रम भयको हुँदा सो अबसरमा स्विट्जर्ल्यान्ड मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु मा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ।
             बिस्त्रित जानकारी को लागि सम्पर्क ठाकुर सुबेदी(००४१७६३१०८४५२)र बिजय खनाल(००४१७६५३५२९६७)लाई संपर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौ।     

अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मन्च(INSOF SWISS)स्विट्जर्ल्यान्ड को प्रेस बिग्यप्ती

April 15, 2008

               सर्बहाराबर्ग को मुक्ती को लागि सङ्घर्सरत गौरबसाली पार्टी नेकपा माओवादी को आफ्नै एजेन्डा संबिधान सभा मार्फत सङ्घिय लोकतान्त्रिक गणतन्त्र नेपाल को सस्थागत बिकास गर्दै नयाँ नेपाल निर्माण गर्ने महान जिम्बेबारी का लागि नेपाली जनता को अत्यधिक मत पाइ संबिधान सभा निर्वाचन मा बिजयी हुनु भयका नेकपा माओवादीका सम्पूर्ण बिजयी उमेद्दार हरु लाई हार्दिक बधाई तथा नेकपा माओवादीलाई आफ्नो अमुल्य  दियर बिजयी बनाउनु हुने सम्पूर्ण मतदाता हरु मा हार्दिक धन्यवाद ग्यापन गर्न चाहन्छौ।साथै नयाँ बर्ष २०६५ को उपलक्षमा सम्पूर्ण गणतन्त्रबादी नेपाली दाजुभाइ,दिदिबहिनी हरु मा हार्दिक मङ्गलमय शुभ कामना ब्यक्त गर्दछु। नयाँ बर्ष नयाँ नेपाल बनाउन प्रेरणादाइ बनोस।
अशोक चौलागाइ
अध्यक्ष
अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मन्च(इन्सोफ स्विस)स्विट्जरल्यान्ड
 बेर्न स्विट्जरल्यान्ड

हार्दिक बधाई तथा शुभकामना

April 15, 2008
                              
                    सर्बहाराबर्ग को मुक्ती को लागि १० बर्ष सम्म जनयुद्द लडेर जनता को मन जित्न सफल भयको महान गौरबशाली पार्टि नेकपा माओवादी ले हालसालै सम्पन्न संबिधानसभा निर्वाचन मा बहुमत ल्याइ बिजयी भयको मा सम्पूर्ण बिजयी उमेद्द्वारहरु,पार्टी कार्यकर्ता हरु शुभचिन्तकहरु र माओवादी लाई विश्वाश गरी नयाँ नेपाल बनाउने सपना पुरा गर्न नेकपा माओवादीलाई मतदान गर्ने सम्पूर्ण मतदाता तथा सर्बसाधारण हरु मा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छु। नेपाली जनता को सान्ती को चाहना र नयाँ नेपाल बनाउने जिम्मेबारी अब नेकपा माओवादीको काधमा आयको छ।यस जिम्बेबारी लाई नेकपा माओवादी ले द्रिढता का साथ पालन गर्ने छ भन्ने आसा तथा विश्वाश गर्दछु। साथै  बर्ष २०६५ को शुभकामना पनि ब्यक्त गर्न चाहन्छु।
 

INSTRUCTION FOR LIFE

April 8, 2008

 

1.Give people more then they expect and do it cheerfully.

2.Memorize your favorite poem.

3.Don,t believe all you hear .

4.Don,t sleep all you want.

5.When you say “I LOVE YOU “,mean it .

6.Be engaged at least six months before get married

7.Believe in love at first sight.

8.Never laugh at anyone’s dreams.

9.Love deeply and passionately.You might get hurted but it’s the only way to live life completely .

10.In disagreement,fight fairly.No calling name.

11.Don,t judge people by their relatives.

12. Talk slowly ,but think quickly .

13.When some one ask you a question you don,t want answer, smile and ask ,”why do you want to know .”

14.Remember that great love and great achievements involve great risk.

15.Call your parents.

(more…)