फेरी एक माओवादीको हत्या,चुनाब हुन नदिने गम्भिर षड्यन्त्र
March 26, 2008 सोलुखुम्बु जिल्लाको गोरा गाबिस वडा न ९ सिसाखोलामा चुनाबी सभाको लागि मन्च बनाइरहेका माओवादी कार्यकर्ता माथि नेपाल तरुन दलका कार्यकर्ता ले आक्रमण गर्दा सोलुखुम्बु जिल्ला सचिबालय जिल्ला सदस्य सदस्य गंगा बहादुर भुजेल को घटनास्थल मै म्रुत्यु भयको कुरा नेकपा माओवादी को केन्द्रिय सुचना ब्युरो ले जनायको छ।
ब्युरो ले बिग्यप्ती निकालेर सो घटना मा काङ्ग्रेस नेता बलबहादुर केसी को संलग्नता रहेको र सो घटना उनकै निर्देशान् मा गरियको जनायको छ। यध्यपी कुन हतियार बाट गोली चलाइयको हो भन्ने चाँही अहिले सम्म एकिन हुन सकेको छैन। यसै गरी उक्त घटना मा घाइते हुने अन्य दर्जनौ माओवादी कार्यकर्ता को स्थानिय स्वास्थ्य चौकी मा उपचार भाईरहेको छ। अहिले सो क्षेत्र तनाबग्रस्त रहेको छ भने नेकपा माओवादीले उक्त हत्याकान्डको बिरोध मा भोली देखी जिल्ला बन्दको कार्यक्रम राखेको छ।
निर्वाचन को मुखमा आयर यसरी दिन दिनै माओवादी कार्यकर्ता को हत्या हुनु,यही मौका मा सरकारले ठुलो मात्रा मा भारत बाट हतियार भित्र्याउनु लगायता का कारन ले गर्दा कतै सरकार संबिधान सभाको निर्वाचन हुन नदिने सड्यन्त्र त गरिरहेको छैन भन्ने सङ्का जनमानस मा उठ्न थालएको छ।