गोविन्दराज जोशिको उम्मेदवारीको योग्यता-१
आखिर गणतन्त्र ल्याउने संविधान सभा निर्वाचनको टिकट पाउने गोविन्दराज जोशिको योग्यता के रहेछ त हाम्रो ब्लगले जोशि विरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले तयार पारेको प्रतिवेदन फेला पारेको छ । यसले स्पष्ट रुपमा जोशिको योग्यता प्रष्ट पार्छनै । त्यसैले सो प्रतिवेदन क्रमश तपाइहरुमाझ प्रस्तुत गर्दैछु ।
मुद्दाः गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
उजूरीको संक्षिप्त व्यहोरा :
मन्त्रीले रु।१ करोड २५ लाख मात्र खाएनन् छोरी ज्वाई समेत अमेरिका पठाए भन्ने जनभावना साप्ताहिकको मिति २०५१-१-५ गतेको समाचार गोविन्दराज जोशीले मन्त्री पदमा वहाल रहँदा अकुत सम्पत्ति कमाई छोराहरुको नाममा समेत विदेशमा रकम जम्मा गरेको भन्ने ईमेलबाट समेत उजूरी निवेदनहरु प्राप्त भएको तथा सम्पत्ति न्यायिक जाँचबुझ आयोग २०५८ मा पूर्व मन्त्री गोविन्दराज जोशीलॆ जम्मा रु।५१०८९४४।- बराबरको स्वआर्जित सम्पत्तिको बिवरण पेश गरेकोमा आयोगबाट जाँचबुझको सिलसिलामा निजको बैंक खाताको विवरण माग गर्दा रु।१२९७०६।- निजले उल्लेख गरेकोभन्दा बढी रकम उल्लेख भै आएकोले सो रकम समेत गणना गर्दा निजको कूल स्वआर्जित सम्पत्ति रु।५२३८६४७।- बरावरको चल÷अचल सम्पत्तिमध्ये रु।३७५७६६२।- बराबरको सम्पत्तिको स्रोत पुष्टी भएको रकम कटाउंदा बाँकी हुने रु। १४८०९८५।- बराबरको सम्पत्तिको आय स्रोत पुष्टी नभएको साथै निज गोविन्दराज जोशीले सासू नीरकुमारी पन्तलाई अगाडि सारी सासू समेतका नामबाट भएका सबै काम कारोवार निजै गोविन्दराज जोशीबाट भए गरेको हो भन्न नसकिने आधार नपाईदा निज गोविन्दराज जोशीलाई प्रस्तुत विषयमा अप्रत्यक्ष तर मुख्य संलग्न व्यक्ति मान्नु मनासिव पर्ने भई सो सम्बन्धमा अरु थप जाँचबुझ गरी सो सम्पत्ति पनि निज गोविन्दराज जोशीको सम्पत्तिमा समावेश हुनुपर्ने देखिन्छ भन्ने समेत व्यहोराको सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन ।
प्रारम्भिक छानवीनको संक्षिप्त विवरण :
सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तथा आयोगमा बिभिन्न स्रोतबाट प्राप्त उजूरी समेतको सम्बन्धमा आवश्यक कागजात समेत गोप्य रुपमा अध्ययन गरी प्रारम्भिक अनुसन्धानको कार्य भएको ।
बरामदी सामग्रीहरुको विवरण ःअनुसन्धानको क्रममा आयोगबाट मिति २०६०।६।२६ मा निजको बसोबास रहेको घरको खानतलासी हुँदा गोविन्दराज जोशीको नाममा जारी भएको पासपोर्ट नं। ००३००३ ००४२५१ ००५५२८ र ००६४७३ तथा हिमकुमारी जोशीको नाममा जारी भएको पासपोर्ट नं।००३६२९ र १५३४९८० बरामदी मुचुल्कामा उल्लेख भई आएको । सोही बरामदी मुचुल्कामा उल्लेख भए बमोजिम निजसंग प्रयोगमा हाल २१ इन्चको सोनी टि।भी। १ र अर्को टि।भी। १ गरी २ थान टि।भी। भिडियो क्यामरा थान १ क्यानन फोटो क्यामरा १ सिडि प्लेयर २ थान क्यासेट प्लेयर २ थान कम्प्यूटर २ थान पि्रन्टर १ थान फोटोकपी मेशिन १ थान फ्याक्स मेशिन १ थान र भ्याकुम क्लिनर १ थान रहेको देखिन्छ ।
२।सार्वजनिक पद धारण गरेको विवरण ः
कगोबिन्दराज जोशीले सार्वजनिक पद धारण गरेको विवरण देहाय बमोजिम देखिन्छ ः
१प्रतिवादी गोविन्दराज जोशी २०२४ सालदेखि २०३४ सालसम्म विद्यालयको शिक्षक भै काम गरेको देखिन्छ ।
२संसद पदमा बहाल रहेको अवधि ः
संसद सचिवालय संसद सुविधा व्यवस्था शाखाको मिति २०६०।८।२२ को पत्रबाट प्रतिवादी गोविन्दराज जोशी प्रतिनिधि सभामा निम्न मितिहरुमा तनहुँ जिल्लाबाट निर्वाचित भई निम्न अवधिमा सांसद पदमा बहाल रहेको संसद सचिवालयको अभिलेखबाट देखिएको भनी लेखिआएको छ ।
निर्वाचित भएको जिल्ला र क्षेत्र नं। निर्वाचित भएको अविध
१।तनहुँ जिल्ला क्षेत्र नं। २२०४८।१।२९२०५१।३।२७
२।तनहुँ जिल्ला क्षेत्र नं।१२०५१।८।१२०५५।१०।१
३।तनहुँ जिल्ला क्षेत्र नं।१२०५६।२।४२०५९।२।८३ मन्त्री पद धारण गरेको अवधि÷विवरण ः
प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०६०।८।२३ को पत्रानुसार पूर्व मन्त्री गोविन्दराज जोशी निम्न बमोजिम बिभिन्न मन्त्रालयहरुमा मन्त्री पदमा बहाल रहेको देखिन्छ ।
तालिका नं। ४
१ शिक्षासंस्कृति तथा समाज कल्याणमन्त्री०४८।९।१५ - ०५१।८।१३
२ शिक्षा मन्त्री०५२।६।६ - ०५३।११।२८
३ गृह मन्त्री०५५।१।८ - ०५५।९।९
४ गृह र सामान्य प्रशासन मन्त्री०५५।९।१० - २०५६।२।१६
५ जलस्रोत मन्त्री०५६।२।१७ - ०५६।११।१०
६ गृह मन्त्री०५६।१२।८ - ०५७।६।१३
७ स्थानीय विकास मन्त्री०५७।१०।२५- ०५८।४।६
साभार:hamroblog.com