कसैले हतियार बोकेको छ भन्दै मा चुनाव रोक्नु नालायक हुन्छ:गणतन्त्रबादी नेता सिङ
गणतन्त्र बादी नेता रामराजाप्रशाद सिङ ले कसैले चुनाव सार्नु पर्छ भन्दै मा र हतियार देखाउदैमा चुनाव सारे मुलुक बिखन्डन हुने बताउनु भयको छ। सो कुरा उहाले आज राजधानिमा आयोजित एक साक्ष्यातकार कार्यक्रम मा बताउनु भयको हो। उहाले अगाडि भन्नु भयो “गोइत र ज्वाला जस्ता केहीमान्छे ले हतियार उठाउदै मा चुनाव रोक्ने हरु नालायक ठहरिन्छन। र यदी चैत को चुनाव सारे मुलुक बिखन्डन मा जाने खतरा हुन्छ”उहाले भन्नु भयो यदी समयमा चुनाव गर्न नसक्ने हो भने प्रधानमन्त्री कोइरालाले रजिनामा दिनुपर्ने कुरा बताउनु भयो। संबिधान सभाकै दौरान मा भारत टुकृयको स्मरण गराउदै उहाले अहिले प्रधानमन्त्रि कोइराला चुनौती र अबसरको दोसाध मा रहनु भयको बताउनु भयो। साथै उहाले कोइरालालाई कुनै पनि कदम चल्दा सचेत भयर निर्णय गर्न सुझाब दिनु भयो। उहाले अगाडि भन्नु भयो “यदी समयमै चुनाव सफल पार्ने हो भने सबै ले सम्किर्ण भाब त्यागेर माथि उठ्नु पर्छ र गिरिजा बाबु ले पार्टिगत भाबना बाट माथि उठ्नु पर्छ”। साथै उहाले सम्सदिय चुनावमा जस्तै साम,दाम,दण्ड,भेद अपनाय मुलुक बिखन्डन हुने कुरा मा सचेत हुन आग्रह गर्नु भयो। स्मरण रहोस सिङ तिनै ब्यक्ती हुन जसले २०४१ सालमै गणतन्त्र को माग राखेर सिंघदर्बार मा बम बिस्फोट गरायका थिय भने केही समय पैले पनि मधेस मा आन्दोलनरत सङ्गठन हरु को पाटना मा बसेको बैठक मा पनि उहालाई तराइ को प्रथम राष्ट्रपती बन्न अनुरोध गर्दा उहाले अस्विकार गरी मुलुक बिखन्डन गरी भारत मा मिलाउन चाहने देसद्रोही,भारतिय दलाल हरु लाई गतिलो जबाफ दिनु भयको थियो।