स्वीटजरल्याण्ड को सेन्ट गालेनमा भब्य बिरोध प्रदर्सन सम्पन्न!!!

January 26, 2011
 आशिष स्विस
22 jan.2011
 स्विट्जरल्यान्डको डाबोस सहर मा भैरहेको  बिश्व आर्थिक मंच(world Economic forum) तथा साम्राज्यबाद को बिरोध गर्दै आज स्विट्जरल्यान्डको एक प्रमुख सहर सेन्ट गालेन(ST.GALLEN )  मा एक भब्य बिरोध प्रदर्सन सम्पन्न भयो !
स्विस कम्युनिस्ट पार्टी, क्रान्त्रीकारी कम्युनिस्ट पार्टी स्विट्जरल्यान्ड, स्विस मजदुर संगठन, टर्किस कम्युनिस्ट पार्टी(माओबादी),पेरु कम्युनिस्ट पार्टी(माओबादी) तथा नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) लगायत का प्रगतिसिल संगठन हरु को आयोजनामा भयको सो बिरोध प्रदर्सन भब्य रुपमा सम्पन्न भयको थियो! 22 Jan, 2011 सनिबार दिउसो १४.०० बजे बानफ प्लाट्ज(bahnhofplatz ) बाट सुरु भयको बिरोध रयाली सहर का विभिन्न क्षेत्र हरु को परिक्रिमा गरि सोहि ठाउँ मा गयर बिसर्जन भयको थियो! Read the rest of this entry »

स्विट्जरल्याण्डमा हुने बिरोध सभामा सहभागी हुन नेसोफ स्विस को आब्हान

January 9, 2011
आशिष स्विस,
09 jan.2011

              

        विश्व आर्थिक मन्च (World Economic Forum) को वार्षिक बैठक २६ जनवरी देखी ३० जनवरी २०११ सम्म स्विट्जरल्याण्ड को डाबोस (DAVOS)मा हुन गइरहेको छ । उक्त सन्दर्भमा अमेरिकि तथा यूरोपियन साम्राज्यबादी मुलुकहरुले विश्व अर्थतन्त्र लाई आफ्नो बसमा पारेर संसार भरिका मजदुर तथा मुक्तिकामी जनता लाई चरम गरिवीको मुखमा धकेल्नको लागि गरिने यस बैठकको बिरोधमा साम्राज्यबाद बिरोधी संघ,संगठनहरु तथा नेपालि एक्यबद्दता मंच(नेसोफ स्विस) द्वारा स्विट्जरल्याण्डको सेन्ट गालेन(ST.GALLEN ) मा यही आउदो २२ जनवरी २०११ सनिबार का दिन आयोजना हुन गैइरहेको भब्य बिरोध सभामा सहभागी हुन र मुक्तिकामी जनताको आन्दोलन मा एक्यबद्दता जनाउनको लागी स्विटजरल्यान्डमा बस्नु हुने सम्पूर्ण प्रगतिशिल नेपाली/बिदेशी दिदी बहिनी तथा दाजु भाईहरुमा नेपाली एक्यबद्दता मन्च(नेसोफ स्विस)स्विट्जरल्याण्डले हार्दिक अनुरोध गरेको छ।
 
       नेसोफ स्विस ले आफ्नो  स्थापना काल देखी नै साम्राज्यबादबिरोधी बिरोध प्रदर्सन मा आफ्नो ससक्त सहभागिता जनाउदै आयको छ।  
बिरोध कार्यक्रम:
स्थान:-      BAHNOHFPLATZ ST.GALLEN
मिती:-       शनिबार 22 जनवरी २०११
समय :-     १२:३० बजे
थप जानकारीको लागि सम्पर्क :-
अचुत प्रसाद फुयाल(अशोक) :-            ००४१७६४६६७१८४
कमल के सि :-                               ००४१७८८९००२३३
ज्योति भुसाल :-                               ००४१७८७०४७७८७
दर्शन आचार्य :-                                  ०७६३२९८९९२
दिपकराज पाण्डे :-                              ०७६२५१७७११
राजकुमार लामा :-                              ०७८९५३७१२५
डिल्ली प्रसाद सापकोटा :-                    ०७९३६६६३९७
श्याम घले  :-                                    ०७८७२२३७९०
तथा www.nsofswiss.info

स्विट्जरल्यान्डको राजधानि बर्नमा मजदुर दिबस भब्यरुपमा सम्पन्न!!!!!

May 2, 2010

आशिष स्विस
मे २०१०,
संसार भरिका मजदुर एक हौं” भन्ने मुल नाराका साथ १२१ औं अन्तरास्ट्रिय मजदुर दिवस सदा झैं यस बर्ष पनि स्वीटजरल्याण्डको राजधानी बर्न मा भब्य रुप मा सम्पन्न भयको छ! नेपाली एक्यबद्दता मन्च(नेसोफ स्विस) स्विट्जरल्यान्डले मजदुर दिबसमा आफ्नो स्थापना काल देखि नै सक्रिय सहभागिता जनाउदै आयको छ! नेपाली एक्यबद्दता मंच(नेसोफ स्विस) ,स्विट्जरल्यान्ड भित्र भयका मजदुर हरु को हक हित तथा अधिकार को लागि स्थापना गरियको संगठन युनिया स्विस,स्विस मजदुर संगठन तथा विभिन्न बुद्दिजिबी तथा बामपन्थी संगठन हरु द्वारा संयुक्तरुपमा आयोजना गरियको बिसाल सभामा उल्यख्य रुपमा नेपाली, बिदेशि
तथा स्थानीय मजदुर तथा सर्बसाधारण को बिशाल उपस्थिति थियो

!

कार्यक्रम सुरु हुनु अघि सामुहिक तस्बिर खिचाउदै नेसोफ स्विस को टिम

 

 

Read the rest of this entry »

खबरदार दमन नगर नत्र परिणाम नराम्रो होला:-

April 22, 2010
    ”नेकपा माओबादी ले अहिले गर्न लागेको जनपरिचालन र आन्दोलन, सरकार को असफलता सत्ताधारी दल हरु बाटै यो सरकार का बिरुद्द ब्यक्त भयका प्रतिक्रिया फितलो शान्तिसुरक्षा ले पुलिस प्रसासन बिरुद जनमानस मा पैदा भयको अविस्वास बाट सरकार आत्तियको प्रस्ट भान हुन्छ!यस्तो परिस्थिति मा सरकार ले आन्दोलन दबाउन हरदम प्रयास गर्ने देखिन्छ!  ”  
   

एकीकृत नेपाल कम्युनिस्ट पार्टी(माओबादी)ले यहि आउदो मे १ तारिक मजदुर दिबस को अवसर पारि घोषणा गरेको आन्दोलन ले कतै हिंसात्मक रुप लिने हो कि भनि सम्पूर्ण सर्बसाधारण नेपालि जनता चिन्तित छन्! हुन पनि यो स्वाभाविकै हो! माओबादी ले बिगत एक बर्ष देखि चर्कायको नागरिक सर्बोच्चता र रास्ट्रीय स्वाधिनता को मुद्दा लाइ सम्बन्धित पक्ष ले सम्बोधन नगर्ना ले यो परिस्थिति आयको कुरा सबै सर्बसाधारण लाइ थाहै भयको कुरा हो! माओबादी को बिगत मा देखियको सान्तिपूर्ण आन्दोलन लाइ देखेर कतिपय ले यो आन्दोलन पनि शान्तिपूर्ण हुने बिस्वास राख्छन भने कतिपय यसले हिंसात्मक रुप लिने कुरामा बिस्वस्त छन.अनि यस आसंका लाई बल पुर्यायको छ नेकपा माओबादीको खुल्ला ”अर्धसैनिक तालिम” र नेपालि सेना को Read the rest of this entry »

स्वीटजरल्याण्ड को बर्न मा हुने अन्तररास्ट्रीय श्रमिक दिबस मा सहभागी हुन नेसोफ स्विस को आब्हान

April 21, 2010
 आशिष स्विस
२१ अप्रिल२०१०  
    संसारभरिका मजदुर एक हौं भन्ने मुल नाराका साथ १२१ औं अन्तरास्ट्रिय मजदुर दिवस सदा झैं यस बर्ष पनि स्वीटजरल्याण्ड को राजधानी बर्न मा आयोजना गरियको छ!
        नेपालि एक्यबद्दता मंच(नेसोफ स्विस)स्वीटजरल्याण्ड,यहाका विभिन्न प्रगतिसिल संघ सङ्गठन,मजदुर सङ्गठन तथा स्विस का सोषित पिडित मजदुर हरु द्वारा आयोजना गरियको यस कार्यक्रम २०१० को मे १ तारिक का दिन स्वीटजरल्याण्डको राजधानी बर्न मा हुन गैरहेको छ! यस कार्यक्रम मा सहभागी भइ संसार भरि का सोषित तथा उत्पीडित मजदुर को पक्ष मा आबाज बुलुन्द गर्दै सम्राज्यबाद र पुजिबाद को बिरोध गर्न तथा संसार भरि चलिरहेको मजदुर आन्दोलन र नेपालमा नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनता कायम गर्न भयको आन्दोलन मा एक्यबद्दता प्रकट गर्न नेसोफ स्विस सम्पूर्ण प्रबासी नेपाली दाजुभाई तथा दिदिबहिनि हरु लाइ हार्दिक आब्हान गर्दछ!
कार्यक्रम हुने स्थान:-राजधानी बर्न
समय:-दिनको ठीक १५.३० बजे
सम्पर्क:-
अचुत प्रसाद फुयाल(अशोक):-०७६४६६७१८४
दर्शन आचार्य,जेनेभा:-०७८८८४८५९७  
कमल केसी :-०७८८९००२३३
ज्योति भुसाल:-०७८७०४७७८७
तथा हाम्रो संगठनको वेब साईट:-www.nesofswiss.info
or
www.swissnepal.wordpress.com

ए माधव ! यता सुन

March 25, 2010

प्रचण्ड फेरि आए भने भन्देऊ माधव— लुब्ध श्वानका मुखमा परेको मासुको चोक्टो माग्न तिमीलाई लाज लाग्दैन ?

माधवकुमार नेपाल,

सरकारमा तिम्रो चरित्र र चर्तिकला हेर्दा तिमी सम्माननीय, माननीय, श्रीमान्, हजुर र तपाईं भनिनलायक रहेनौ । ‘थाहा’ अभियन्ता रूपचन्द्र विष्ट बाँचिरहेका भए तिनले तिमीलाई ‘तँ भाते’ भन्थे । तर, त्यत्रो नैतिक शक्ति, साहस र शौर्य मसँग छैन । त्यसैले, तिमीलाई तिम्रो वास्तविक हैसियतभन्दा एक तह माथि राखेर ‘तिमी’ को भाकामा म तिमीलाई सम्बोधन गर्दै छु

माधव, तिमी प्रधानमन्त्रीको कुर्सीमा किर्नोभै टाँस्सिरहेकै छौ । तिम्रो नेतृत्वको मन्त्रिपरिषद् जुवाको खाल, भङ्ज्याहाको झुन्ड वा डकैतीको हिसाब नमिलेका डाँकाहरूको बगालतुल्य भएको छ । बैठकमा तिम्रा मन्त्रीहरू तिम्रै साक्षी-रोहबरमा हात हालाहाल गर्न तम्सिन्छन्, अशिष्ट वचनको वर्षा गर्छन् । तिमी मृतवत् मुद्रामा सुन्छौ र ट्वाँ परेर हेर्छौ । तिम्रो कुनै मन्त्री सिडिओलाई कुट्छ, कुनै मन्त्री कर्मचारीको भान्सेलाई लछार्छ, कुनै मन्त्री अनमिनलाई तथानाम भन्छ, कुनै मन्त्री तिम्रो आज्ञालाई लोप्पा ख्वाउँछ । यथार्थमा कुनै पनि मन्त्री तिमीलाई माखोबराबर गन्दैन । तर, तिमी लाचार छौ, आपना मन्त्रीलाई अदपकाइदामा राख्न सक्दैनौ । निकुञ्जमा लोक्ता बटुल्न गएका दलित नारीहरू सैनिक जवानका हातबाट पक्राउ पर्छन्, बलात्कृत हुन्छन् र गोली ठोकिन्छन् । तिम्रो पार्टीकी खुस्केट महिलामन्त्री गोली चलाउँदै आइलाग्ने महिला सिकारीलाई जवानले जवाफी गोली हान्यो भनी सरासर झुठ बोल्छिन् । तिमी सुन्छौ र चुपचाप बस्छौ । तिम्रै पाटीका अर्का झल्ला मन्त्री भारत-पाक द्वन्द्वका कारण जमिम साह मारिए भनी अनर्गल बकबक गर्छन् । तिमी सुन्छौ र निहुरमुन्टी ‘न’ हुन्छौ । छाडा मन्त्रीलाई छिसिक्क छोए तिमीलाई आप\mनो कुर्सी हल्लिने डर छ । त्यसैले माधव, कुर्सी जोगाउन प्रत्येक मन्त्रीलाई पञ्चखत माफी दिन तिमी अभिशप्त छौ । गए बरु सृष्टिमा पैरो जाओस् तर कुर्सी नजाओस् । तिम्रो अटल, अथक र अविराम चाहना यही छ । त्यसैले त तिमी माकुने हौ । Read the rest of this entry »

” नो वोर्क नो मनि” बाबुराम भट्टराई ले संबिधान सभामा अनुपस्थित भयको दिन को तलब फिर्ता गरे

March 14, 2010

 एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभाको बैठकमा गयल भएको दिनको तलब फिर्ता गर्नुभएको छ ।स्वकीय सचिव विश्वदीप पाण्डे मार्फत उहाँले आइतबार दिउँसो संविधानसभा सचिवालयमा चार हजार रुपैयाँ फिर्ता गर्नुभएको उपसचिव केशवबाबु अर्यालले जानकारी दिनुभयो ।उहाँले संविधानसभाको अबको दिनमा आफू अनुपस्थित भएका दिनको तलव सचिवालयबाटै कट्टा गरी उपलब्ध गराउन पनि सचिवालयलाई निवेदन मार्फत आग्रह गर्नुभएको छ । Read the rest of this entry »

स्वीट्जरल्याण्ड को आराउ मा नयाँ बर्ष कार्यक्रम

February 28, 2010

       नयाँ बर्ष को नयाँ उमंग सहित यही अप्रिल ३ तारीख शनिबार का दिन यूनिक ग्रुप स्वीट्जरल्याण्ड को आयोजना मा बिबिध सास्कृतक कार्यक्रम ,लाइभ कन्सर्ट, प्रतछ्य  नेपाली दोहोरी  र  डिजे एबं स्वादिस्ट नेपाली खाना का साथ नयाँ बर्ष २०६७ शुभ कामना कार्यक्रम आयोजना गरिँदै छ / 

 उक्त कार्यक्रम  निम्न स्थान ,मिति र समय मा उपस्थिति भई  शुभ  कामना आदन प्रदान एबं मनोरन्जन लिनु हुन  सम्पुर्ण स्विस बासी नेपाली तथा बिदेशी महानु भाबहरु लाई  हार्दिक अनुरोध  गर्दछौ/

 मिति:-  ०३/०४/२०१० 

स्थान:-   Aarau Roschtige hund , Zieglerain 2, 5000 Aarau  

प्रबेश शुल्क  स्विस फ्रेंक  २५ . –    ( इन्क्लुडिंग स्वदिस्ट नेपाली खाना र शफ्ट  ड्रिंक )

बिधार्थी शुल्क स्विस फ्रेंक २०. –     (परिचय पत्र अनिबार्य )

 कार्यक्रम :-

Ø  १४:०० बजे   अपेरो ( well come drinks )

Ø  १६:०० बजे   लाइभ  कन्सर्ट

Ø  १७:३० बजे  बिबिध सास्कृतिक  कार्यक्रम

Ø  १८:३० बजे स्वादिस्ट नेपाली खाना

Ø  १९:३० बजे  बिबिध सास्कृतिक कार्यक्रम,

                   प्रतछ्य  नेपाली दोहोरी 

Ø  २१:०० बजे  Open Dance Floor 

                                       ( जर्मन का प्रख्यात  डिजे शरण का  साथ)

                                      बिस्तृत जानकारी का लागी

v  गौरी बर्तौला          ०७९ ४६२ ४२ २२

v  प्रेम कृष्ण भारती    ०७६ ४२४ ३० ५५

v  राम कुमार महतो   ०७६ ५८६ ५४ ५६

v  निराजन श्रेष्ठ         ०७८ ६२५  १७ ४४

v  गुण  राज शर्मा      ०७६ ५१० ३३ ७९

v  शुक्र श्रेष्ठ               ०७९ ४०६ ५८ ६०

                              आयोजक: यूनिक ग्रुप

स्विट्जरल्यान्डको बासल मा बिरोध प्रदर्सन सम्पन्न

January 31, 2010

 आसिश,स्विस

30 jan 2010 

स्विट्जरल्यान्डको डाबोस सहर मा भैरहेको  बिश्व आर्थिक मंच(world economic forum) तथा साम्राज्यबाद को बिरोध गर्दै आज स्विट्जरल्यान्डको प्रख्यात औधोगिक सहर बासल मा एक बिरोध प्रदर्सन सम्पन्न भयो/

photos by aasish swiss

           स्विस कम्युनिस्ट पार्टी, स्विस मजदुर संगठन,टर्किस कम्युनिस्ट पार्टी(माओबादी) तथा नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) लगायत का प्रगतिसिल संगठन हरु को आयोजनामा भयको सो बिरोध प्रदर्सन भब्य रुपमा सम्पन्न भयको थियो. सनिबार दिउसो १३.३० बजे बार्फुसरप्लाट्ज बाट सुरु भयको बिरोध रयाली सहर का विभिन्न क्षेत्र हरु को परिक्रिमा गरि पेटरप्लाट्ज(बासल बिश्वोबिधालय अगाडी गयर बिसर्जन भयको थियो.  Read the rest of this entry »

स्वीट्जरल्याण्ड स्थित भारतीय दुताबास मा ज्ञापन पत्र बुझाइयो/

January 20, 2010

 आशिष स्विस

20 jan 2010

     राष्ट्रिय स्वाधिनता को नारा लियर चौथो चरणको आन्दोलन गरिरहेको एनेकपा माओबादी को आन्दोलन मा एक्यबद्दता जनाउदै नेपालि एक्यबद्दता मंच स्वीट्जरल्याण्ड ले आज भारतीय राजदुताबास मा ज्ञापन पत्र बुझायको छ/भारतीय प्रधानमन्त्रि मनमोहन सिंह लाइ सम्बोधन गरियको सो ज्ञापन पत्र  नेपालि एक्यबद्दता मंच स्वीट्जरल्याण्डका अद्यक्ष्य अचुत प्रसाद फुयाल(असोक) को नेत्रित्वो मा गयको एक प्रतिनिधि मण्डल ले स्वीट्जरल्याण्ड को राजधानी बेर्न स्थित भारतीय दुताबास मा बुझायको थियो/ज्ञापन पत्र बुझ्दै भारतीय राजदुताबास का काउन्सिलर मनिज कुमारले यो ज्ञापन पत्र लाइ बिशेष प्राथमिकता का साथ सम्बन्धित ठाउँ मा पुर्याउने प्रतिबद्दता ब्यक्त गर्नु भयो/
          ज्ञापन पत्र मा १९५० लगायत का सम्पूर्ण असमान सन्धिसम्झौता हरु को खारेजी,कालापानी बाट भारतीय सेना तुरुन्त फिर्ता,मिचियाका सिमा स्तम्भ र अतिक्रमित नेपालि भूभागहरु फिर्ता हुनु पर्ने,नेपाली राजनीतिमा र नेपाल को आन्तरिक मामिलामा भारत् बाट हुने नाङ्गो हस्तक्षेप तुरुन्त बन्द गर्नु पर्ने लगायत का माग राखियको थियो/ Read the rest of this entry »

बासल मा हुने बिरोध सभामा सहभागी हुन नेसोफ स्विस को आब्हान

January 10, 2010
आशिष स्विस,
10 jan.2010
  विश्व आर्थिक मन्च (World Economic Forum) को वार्षिक बैठक २७ जनवरी देखी ३१ जनवरी २०१० सम्म स्विट्जरल्याण्ड को डाबोस (DAVOS)मा हुन गइरहेको छ । उक्त सन्दर्भमा अमेरिकि तथा यूरोपियन साम्राज्यबादी मुलुकहरुले विश्व अर्थतन्त्र लाई आफ्नो बसमा पारेर संसार भरिका मजदुर तथा मुक्तिकामी जनता लाई चरम गरिवीको मुखमा धकेल्नको लागि गरिने यस बैठकको बिरोधमा साम्राज्यबाद बिरोधी संघ,संगठनहरु तथा नेपालि एक्यबद्दता मंच(नेसोफ स्विस) द्वारा स्विट्जरल्याण्डको प्रख्यात शहर लुजेर्नमा यही आउदो २३ जनवरी २०१० सनिबार का दिन र ३० जनवरी २०१० सनिबार बासल सहरमा आयोजना हुन गैइरहेको भब्य बिरोध सभामा सहभागी हुन र मुक्तिकामी जनताको आन्दोलन लाई एक्यबद्दता जनाउनको लागी स्विटजरल्यान्डमा बस्नु हुने सम्पूर्ण प्रगतिशिल नेपाली/बिदेशी दिदी बहिनी तथा दाजु भाईहरुमा नेपाली एक्यबद्दता मन्च(नेसोफ स्विस)स्विट्जरल्याण्डले हार्दिक अनुरोध गरेको छ।           नेसोफ स्विस ले आफ्नो  स्थापना काल देखी नै साम्राज्यबादबिरोधी बिरोधि  प्रदर्सन मा आफ्नो ससक्त सहभागिता जनाउदै आयको छ।  

बिरोध कार्यक्रम:

स्थान:- BARFÜSSERPLATZ, BASEL

मिती:-  शनिबार ३० जनवरी २०१०

समय :- १२:३० बजे

थप जानकारीको लागि संपर्क :-

अशोक चौलागाइ :-                               ००४१७६४६६७१८४

कमल के सि :-                                   ००४१७८८९००२३३

आशिस,बासल:-                                     ००४१७६४०३८५९२

ज्योति भुसाल :-                                ००४१७८७२९९०४१

तथा www.nsofswiss.info

नागरिक सरकारमाथि सैनिक छाया

December 27, 2009

खगेन्द्र संग्रौला

नागरिक सर्वोच्चताको अस्सली ध्वजावाहक मै हुँ । अलि अघिसम्म बिछट्टको बाइसे गठबन्धन गमक्क पर्दै भन्थ्यो । र, नागरिक सर्वोच्चताको अस्सली कार्यकारी पहरेदार मै हुँ । अलि अघिसम्म बाइसेहरूको सरकार जुँगा मुसार्दै कहन्थ्यो । तर, अब दुवैले यसो भन्न छाडे । मानौँ सैन्यबलसामु यी दुवै गरुडको छाया परेको हुचिलजस्तै निस्तेज, निरूपाय र मृतवत् भइसके । दण्डहीनताको पगरीबाट विभूषित हुन लागेका मेजर निरञ्जन बस्नेत र उपरथी तोरणजंगबहादुर सिंहको विजयमुखी यात्रासँगै बाइसे गुरुजीहरू र तिनको सरकारको छद्म आवरणमुनिको यथार्थ अन्तर्य उजागर हुन सुरु भएको छ । र, सैनिक सर्वोच्चतालाई काँध थाप्ने अशोभनीय कसरतसँगै यिनको अस्तित्व सेनाको बफादार अरौटेमा पतीत हुन लागेको दयनीय दृश्यमा बदलिँदो छ । Read the rest of this entry »

नेकपा माओबादी द्वारा आन्दोलन को घोषणा

October 28, 2009

South_Asian_Communist_Banner

 

 

एकिकृत नेकपा माओबादी ले नागरिक सर्बोच्चता को माग राखी सुरु गरेको आन्दोलन अब नया चरण मा प्रबेस गरेको छ. आन्दोलन का कार्यक्रम निम्न छन/-

                                         सयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल

                                                      केन्द्रीय समिति

         United National People’s Movement, NepalCentral Committee

दोस्रो चरणको संघर्षको कार्यक्रम

१. कार्तिक १५ गते साँझ – देशव्यापी मसाल जुलुस

२. कार्तिक १६ गते – सबै गाविस/न.पा. कार्यालय घेराउ तथा जनसभा

३. कार्तिक १८ र १९ – सबै जिल्ला प्रशासन कार्यालय घेराउ

४. कार्तिक २३ गते – स्वायत्त गणराज्यहरू घोषणा (साइनबोर्ड राख्ने इत्यादी)

५. कार्तिक २४ गते – काठमाडौं उपत्यका नाकाबन्दी (एअरपोर्ट समेत)

६. कार्तिक २६ र २७ – सिंहदरबार घेराउ Read the rest of this entry »

विद्या भण्डारीका मुखमा ताल्चा ठोक

October 26, 2009

3927591931_af624baa90

खगेन्द्र संग्रौला

     खाओवादी राजनीतिका कृपाले ढोडको लौरोतुल्य माधवकुमार नेपाल जब प्रधानमन्त्री बने, यिनलाई कसैले प्वाक्क ‘कठपुतली प्रधानमन्त्री’ भनिदियो । उसवेला माधवबाबुमाथि अलि ज्यादती पो भयो कि भनी मलाई लागेको थियो । तर, अहिले श्री नेपाल कठपुतलीहरूका पनि कठपुतली गोचर भएका छन् । माधवकाजीको भारत भ्रमणमा परराष्ट्रमन्त्री सुजाता होइरालाले उपप्रधानमन्त्री पद नपाएको झोँकमा आप\mना प्रधानमन्त्री महोदयलाई फरिया देखाइदिइन् । चित्तमा झँिगाका मुन्टाजति मात्र पनि इख र लाज हुँदो हो त प्रत्युत्तरमा माधवगुरु के गर्थे ?कि त हदै पदलोलुप एवं उद्दण्ड घुर्कीबाज सुजातालाई कुर्सीच्यूत गर्थे कि आफू कुर्सी छाडेर नागरिक भेषमा खुत्रुक्क सडकमा ओर्लिन्थे । तर, कायाकलेवरमा केवरा उखुको गिँडझैँ प्रतीत हुने यी अतिशय कुर्सीप्रेमी काजीले दुवै गरेनन् । यिनले जे गरे, दासानुदासले गर्ने लाजमर्नु कृत्य गरे । गिरिजाप्रसाद कोइरालाका चरणमा नाक टेकाएरै भए पनि यिनलाई प्रधानमन्त्रीको कुर्सी जोगाउनु थियो । त्यसैले यिनले सारा दुनियाँले देख्नेगरी आप\mनो अनुहारमा मोसो दलिदिने उनै सुजातालाई सभक्ति शिरमा बोके । र, सुजाताको विवेक कम, आडम्बर बढी भएको शिरमा यिनले उपप्रधानमन्त्रीको झल्झलाकार मुकुट पहिराइदिए । Read the rest of this entry »

दसैं को शुभकामना

September 26, 2009

       बडा दसैं २०६६ को सुखद उपलक्ष्य मा स्विस नेपाल ब्लग का सम्पूर्ण पाठक बर्ग तथा देस बिदेस मा रहनु भयका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरु मा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु। यो दसैं ले सम्पूर्ण नेपाली को शान्ती,सुख,सम्रिद्दी,र नयाँ नेपाल को चाहना पुरा होस यही मेरो शुभ कामना छ। 
 
happy dashain

जुरिच कार्यक्रम को अरु फोटो हेर्नुस।

August 9, 2009

स्वीसवासी नेपालीहरु तथा स्वीस नागरिकहरुका वीचमा पनि नेपाली क्रान्तिकारी कलाकारहरु

August 5, 2009

नेपाली ऐकयवद्धता मन्च -नेसोफ) स्वीट्जरल्याण्डको आयोजनामा स्वीस नागरिकहरुको प्रगतिशील संगठनको सहयोगमा स्वीट्जरल्याण्डको औघोगिक शहर ज्युरिकमा भव्य क्रान्तिकारी सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो।DSC_0133DSC_0130

सैयौं नेपाली तथा स्वीस नागरिकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाई र कार्यक्रम आयोजक समितिका संयोजक श्याम घलेल कार्यक्रममा उपस्थित एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ,मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा सभासद सन्तोष वुढा मगर , एकिकृत नेकपा माओवादीका Read the rest of this entry »

स्विट्जरल्यान्डको जुरिचमा सामना सास्कृतिक परिवारको भब्य कार्यक्रम हुने

July 14, 2009

AA1नेपाली जनताको मुक्ती र समाज परिवर्तन को खातिर आफ्नो सम्पूर्ण जीवन पार्टी क्रान्ति को लागि समर्पित भई गीत र संगीत मार्फत समाज र राष्ट्र लाई परिवर्तन गराउने उदेस्यका साथ लाग्नु भयका सामना सास्कृतिक परिवारका बरीस्ठ जनकलाकार खुशीराम पाख्रिनको नेत्रित्व मा आएका सात सदस्यिय जनकलाकार हरुद्वारा यही आंउदो २ अगस्त २००९ आईतवार का दिन स्विट्जरल्यान्ड को जुरिच शहर मा हुन गैइरहेको भब्य सास्कृतिक कार्यक्रम मा उपस्थित भई मनोरन्जन लिनु हुनको लागि नेपाली एक्यबद्दता मंच (नेसोफ स्विस) हार्दिक अनुरोध गर्दछ ।
साथमा जनयुद्द सँग सम्बन्धित अपेरा पनि प्रदर्शन गरिने छ ।
मिती
- २ अगस्त २००९ आईतवार
समय -दिन को १६
.०० बजे देखी
स्थान Volkhaus Zurich
Stauffacherstrasse 60
8004 Zurich
-
संपर्क -
श्याम घले
(संयोजक)- 0041 788611711
पुष्प सुबेदी
- 0041 764529730
अशोक चौलागाई- 0041 764667184
दीपक श्रेष्ठ
- 0041 763077560
डिल्ली सापकोटा- 0041 793666397
धनपती सापकोटा
- 0041 789081666
सुक्र श्रेष्ठ - 0041 794065860
निराजन श्रेष्ठ - 0041 786251744
कमल के सि- 0041 788900233
आशिस देबकोटा
- 0041 764038592
दर्शन आचार्य - 0041 765096660
गणेश भटराइ - 0041 787471911
ज्योति भुसाल - 0041 787299041
सुश्मा भुसाल – 0041 787536633
सिंह गुरुङ- 0041 786637474
नन्द प्रसाद गौतम
- 0041 789133727) स्विट्जरल्यान्ड
insofswiss@hotmail.com
वेबसाईट -www.insofswiss.info 
 

आयोजक
नेपाली एक्यबद्दता मंच (नेसोफ स्विसईमेल-

स्विट्जरल्याण्ड को बासल मा फुट्बल खेल सम्पन्न

July 13, 2009

 

       स्विट्जरल्याण्ड को बासलबासी नेपाली हरु को आयोजनामा बासल शहर मा स्विट्जरल्याण्ड ब्यापी छ जाना को फुट्बल खेल सम्पन्न भयो। बिभिन्न शहर का फरक फरक नेपाली टिम तथा तिब्बतियन र श्रिलङ्कन टिम को समेत सहभागिता भयको सो खेल अत्यान्तै रोमान्चक र मनोरन्जनात्मक भयको थियो।

खेल सुरु हुनु भन्दा पैला सामुहिक तस्बिर खिचाउदै बासल"ए"टिम

खेल सुरु हुनु भन्दा पैला सामुहिक तस्बिर खिचाउदै बासल"ए"टिम

 
         बासल शहर मा भयको सो मैत्रिपूर्ण खेल मा बासल ए, बासल बि,ज्युरिख टिम,बेर्न टिम,तिब्बतियन टिम र श्रिलङ्कन टिम गरेर छ टिम को सहभागिता रहेको थियो। Read the rest of this entry »

2५ जुलाईमा मनोज गजुरेल स्विट्जर्ल्यान्ड मा आउने

July 13, 2009

   यही २५ जुलाई शनिबारको दिन युनिक ग्रुप स्विट्जर्ल्यान्डको आयोजना मा नेपाली हास्य ब्यङ्य का धनी मनोज गजुरेल को जोडदार हास्य ब्यङ्य का साथ नेपाली पप का ख्यती प्राप्त गायक सुमन पोखरेल र नेपाली रिमिक्स का सुपर स्टार डिजे राजु सहित मनोरन्जनात्मक कर्यक्रम युरो टुर २००९ सम्पन्न हुन गैरहेको छ/nepalipress913665

Read the rest of this entry »


Follow

Get every new post delivered to your Inbox.